जवान बनाइराख्ने असाध्य गुनिलो औषधी – लसुन

सुनमा औषधिय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रुपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रुपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रुपमा पनि लसुनलाई नै लिइन्छ ।

यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । लसुन सेवन गर्दा शरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियमजस्ता खनिजतत्वहरु समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरुका लागि लसुन सञ्जीवनी बुटीसरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशतसम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरुका लागि समेत निकै फाइदाजनक हुन्छ ।

यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नुका मद्दत गर्छ । दमका रोगीहरुका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केस्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केस्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ ।

रगतमा बोसो जम्ने रोग लागेका व्यक्तिका लागि लसुन एक किसिमको मूल्यवान चीज नै हो। किनभने धेरै मासु विशेषत: सुँगुरको मासु खान मन पराउने मानिसहरुमध्ये प्रायजसोलाई रगतमा बोसो जम्ने रोग लागेका हुन्छन्। तर मासु खानुका साथसाथै लसुन पनि खानु नै निकै राम्रो हुन्छ। लसुनले रगतमा बोसो बढी हुने कुरालाई राम्रोसँग नियन्त्रण गर्नसक्छ।

साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनाशक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ । सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले शरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दूर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन कामयाबी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

हप्तामा दुई पटक काँचो लसुनको प्रयोगले क्यान्सरबाट छुटकारा पाउन सकिने एक अनुसन्धानले देखाएको छ । चीनमा गरिएको एक अध्ययनमा लसुन खानाले ४४ प्रतिशत रोग लाग्नबाट छुटकारा पाउन सकिने तथ्य पत्ता लागेको छ ।

यस्तै, फोक्सोको क्यान्सरको खतरालाई पनि निकै कम गर्ने अध्ययनले देखाएको छ । नियमित रुपमा लसुनको प्रयोग गर्ने मानिसहरुमा फोक्सो क्यान्सर हुने सम्भावना निकै कम हुने र भएका मानिसहरु पनि लामो समय बाच्न सक्ने निष्कर्ष निकालिएको छ । चुरोट पिउने धेरै मानिसहरुमा गरिएको अध्ययनमा पनि फोक्सोको क्यान्सर भएका मानिसहरु करिब ५ वर्षसम्म पनि जिवित रहेको बताइएको छ ।

यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १४२४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनकोप्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्बावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले यी काम गर्छ या गर्दैन त्यो भने आकलन गरिएको छैन

शेयर

रिप्लाई दिनुस

कमेन्ट लेख्नुहोस
आफ्नो नाम लेख्नु होस्