Menu


.


हरेक दिनको यौन सम्पर्कले शुक्रकिटको गुणस्तरमा सुधार हुने र गर्भधारण सम्भावना बढाउने एउटा अनुसन्धानले देखाएको छ । गर्भधारण सम्बन्धि समस्या रहेको पुरुषमा गरिएको एक अध्ययनमा दैनिक एक साता सम्म यौन सर्म्पर्क गर्ने पुरुषको शुक्रकिटमा बिग्रिएको डिएनए कम भेटिएको बताएका छन् । पर्टिलिटी सम्मेलनमा बोल्दै अष्टेलियाली अनुसन्धानकर्ताले दम्पत्तिलाई प्रत्येक दुइ वा तीनमा यौन सर्म्पर्क गर्न सुझाव दिएका छन् । शुक्रकिट समस्या रहेका १ सय १८ जना अष्टेलियाली मानिसमा अध्ययन गरिएको थियो ।

यसअघिको अध्ययनमा गुणस्तरिय शुक्रकिटले मात्रै उच्चदरको गर्भाधारण दर रहेको देखाएको थियो । युरोपियन सोसाइटी अफ हृयुमान र्रि्रोडक्सन एण्ड एम्ब्रोयोलोजीको एम्स्ट्रेडमा आयोजित बैठकमा पछिल्लो अध्ययन र्सार्वजानिक गरिएको हो । अष्टेलियामा निजि क्लिनिक सञ्चालन गर्दै आएका चिकित्सक डेभिड ग्रिनिङ र उनका सहकर्मीले शुक्रकिटमा समस्या रहेका १ सय १८ जना मानिसको अध्ययन गरेका थिए । ग्रिनिङ तथा उनका सहकर्मी ती मानिसलाई एक साता सम्म यौन सर्म्पर्क राख्न अरायका थिए । यस मध्ये ८१ प्रतिशत पुरुषको शुक्रकिटमा ब्रि्रेका शुक्रकिट १२ प्रतिशत घटेका थिए । धेरै गर्भधारण विज्ञले मानिसलाई इन भेट्रो फर्टिलाईजेसनअघि पुरुषलाई यौन सम्पर्क नराख्न सुझाव दिएका छन् । विज्ञले शुक्रकिटको मात्रा बढाउने कोसिसमा यस्तो भन्ने गरेका थिए । धुम्रपान नगरेर ठिकै रक्सी पिएर व्यायाम गरे शुक्रकिटको गुणस्तरमा सुधार्न सकिन्छ ।

0 comments:

Post a Comment

 
Top