Menu


.




नेपाली चलचित्र जगत्की सफल एवं लोकप्रिय नायिका हुन् झरना थापा । कलिलै उमेर विवाह भयो उनको । भन्छिन्, "श्रीमान्सँग गरेको सेक्सको मज्जा अर्कै हुँदो रहेछ ।" सेक्सले नै जीवन सन्तुष्ट र सुखी हुने उनको धारणा छ । सेक्सका धेरै प्रस्ताव आए झरनाको जीवनमा । भन्छिन्, "विश्वास गर्नुस्, पहिलो प्रेम र सेक्स श्रीमानसितै भयो । म यति सन्तुष्ट छु कि ब्याख्या नै गर्न सक्दिन ।" उनको विचारमा सेक्स अपरिहार्य छ । र योविना जीवन पर्ूण्ा हुँदैन ।

यी चुलबुले नायिकासित सेक्सबारे धेरै प्रश्न सोधियो । सेक्स संवाद लम्बिँदे गएपछि झरनाले मस्केर भनिन्, "विवाह गर्नेलाई थाहा हुन्छ ऋषिजी सेक्स कस्तो हुन्छ भनेर । तपाईं अविवाहित मान्छे मलाई किन यसरी सोध्नुहुन्छ - विवाह गर्नुहुन्छ भने म कुनै नायिका खोजिदिन्छु ।"

रिपोर्र्टर्स नेपालसित झरनाले नयाँ पुस्तालाई पनि निकै सन्देश दिएकी छिन् । उनले भनिन्, " अहिलेका युवायुवतीहरुलाई म के आग्रह गर्छर्ुुने जीवनमा प्रेम गर्नुस् मज्जाले । सेक्सचाहिँ विवाहपछि गर्नुहोस् । प्रेम र सेक्सलाई सँगै लिएर जान सकिँदैन ।सेक्सका लागि प्रेम गर्नुहुँदैन ।सफा दिलले प्रेम गर्न सक्ने मान्छे नै सुखी र खुसी हुन्छ ।"

झरना नेपाली चलिचित्रको भविष्य देख्छिन् । भल्गर होइन । मौलिक कथा वस्तु भएको चलचित्रको । भविष्यमा राजनीतिमा गर्ने इच्छा रहेछ उनको । उनले भनिन्, "कुन दलको राजनीति लाग्ने भन्ने चाहिँ थाहा छैन ।" उनलाई माओवादी अध्यक्ष प्रचण्डको हेयर स्टाइल र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला टल पर्सनालिटीले प्रभावित गरेको छ । उनले

भनिन्, "मलाई प्रचण्ड र गिरिजा अत्यन्त मनपर्छ । प्रचण्डको कपाल निकै सेक्सी छ ।"

0 comments:

Post a Comment

 
Top