Menu


.

rp_bhadra@yahoo.com
गर्भ रहला कि भन्ने भय मनमा पस्नासाथ यौनसर्म्पर्कको आनन्द प्राप्त गर्न सकिन्न। अनिच्छित गर्भ रहन नै गएको स्थितिमा अनेक समस्या पनि आउने हुन्छ। गर्भनिरोधका साधनले गर्भ नरहीकनै भरपूर यौनआनन्द लिने निरन्तर अवसर प्रदान गर्दछ। त्यसकारण गर्भनिरोधको साधनलाई यौनप्रसाधन भन्दा पनि फरक पर्दैन।



म २२ वषर्ीय युवक हुँ र भर्खरै मेरो विवाह भएको छ । साथै दुवै अध्ययनरत छौं । अहिले नै सन्तान जन्माउने इच्छा छैन । विवाह गर्नुको एक प्रमुख ध्येय यौनआनन्द लिनु पनि हो । तर यौनसर्म्पर्क गर्दागर्दै गर्भ रहला कि भन्ने कुरा मनमा आउँछ र शिथिल भइन्छ । अहिलेसम्म कुनै परिवार नियोजनको साधन प्रयोग गरेको छैन । कतिपय साधनले यौनआनन्दमा कमी ल्याउँछ भनेको पनि सुनिन्छ । परिवार नियोजनका साधनको यौनजीवनमा के-कस्तो प्रभाव पर्छ - त्यसबारे जानकारी पाउन सके आभारी हुने थिएँ ।
- कृष्ष्ण खतिवडा, मोरङ


उत्तर ः परिवार नियोजन वा गर्भनिरोधका साधनको कुरा गर्दा अहिले हाम्रा अघि भएका आधुनिक साधनको कुरा मात्र हो भन्ने ठान्छौं । कतिपय स्थितिमा यौनसर्म्पर्क सन्तान उत्पादनको लागि मात्र ठानिए पनि यो यौनआनन्दसँग पनि सम्बन्धित छ । गर्भ नरहीकनै यौनआनन्द लिने चाहना पहिलेदेखि नै भएका अनेक उदाहरणहरू पाइन्छन् । यौनसर्म्पर्कको क्रममा उत्कर्षा पुग्ने बेलामा लि· बाहिर झिक्ने र बाहय स्खलन गराउने एक राम्रो उदाहरण हो । त्यसै गरेर मानिसले महिलाको मासिक चक्रअनुरुप यौनसर्म्पर्क राख्ने कुरा पनि राम्ररी नै सिकेको देखिन्छ ।

परापर्ूवकालका व्यक्तिहरूमा पनि गर्भ रहनबाट बच्ने अर्थात् यौनरोगबाट बच्ने चाहना थियो । तर यौनसर्म्पर्क राखेर पनि सन्तान नजन्माउन गरिने उपायको प्रयोग नै विवादको घेरामा परेको देखिन्छ । यो विवाद गर्भनिरोधको सम्बन्धमा भएका प्रविधिको विकासभन्दा पहिलेदेखि नै रहेको देखिन्छ । केही धर्मावलम्बीहरूले नैतिकतालाई जोड दिएर यसको उपयोगलाई रोक्न खोजे भने अर्को थरीले व्यक्तिको अधिकारलाई सम्मान गर्दै यसको उपयोगलाई र्समर्थन पनि गरेका छन् ।

गर्भनिरोध के हो ?
यौनसर्म्पर्क गरेपछि स्वाभाविक रुपमा नै गर्भ रहने सम्भावना हुन्छ । कुनै क्रियाकलाप वा साधनको प्रयोग गरेर गर्भ रहन नदिनु नै गर्भनिरोध हो ।


गाढा चकलेट मुटुका लागि फाइदाजनक
हप्तामा एक-दुइ पटक गाढा चकलेट खाने महिलालाई हृदयरोगको खतरा कम हुने कुरा अमेरिकामा गरिएको एक अनुसन्धानले देखाएको छ । यसरी चकलेट खाने महिलालाई अन्य महिलाको तुलनामा तीन गुणा खतरा कम हुन्छ, तर प्रत्येक दिन यस्तो चकलेट खाने महिलालाई भने यस्तो फाइदा नहुने बताइएको छ ।

अमेरिकन हार्ट एसोसिएसनद्वारा प्रकाशित पत्रिका द बोस्टन स्टडीका अनुसार पछिल्लो ९ वर्षा स्वीडेनका ४८ देखि ८३ वर्षउमेरका ३२ हजार महिलामा यो अनुसन्धान गरिएको थियो । यस अनुसन्धानमा हरेक दिन चकलेट खाने महिलामा हृदयरोगको खतरा कम भएको पाइएन । तर हप्तामा बढीमा दुइ पटक मात्र १९ देखि ३० ग्रामको गाढा चकलेट खाने महिलामा मुटुरोगको खतरा ३२ प्रतिशत कम भएको पाइयो ।

पोषणविज्ञले पनि धेरै चकलेट खानु स्वास्थ्यका लागि हानिकारक बताएका छन् । चकलेटमा एन्टिअक्सिडेन्ट क्षमता भए पनि चिनी र चिल्लोको मात्रा बढी नै हुन्छ । यसमा भएको चिनी र चिल्लोको अधिक मात्राले मोटोपन बढाउने हुन्छ । त्यसैले चकलेट धेरै खानु उचित होइन । तर यसमा फ्लावानल्स -ँबिधबलगकि) को मात्रा बढी हुन्छ, जसबाट रक्तचाप कम गर्न मद्दत पुग्छ । यसले गर्दा मुटुको रोग लाग्नबाट बच्न सकिन्छ । तर चकलेटमा क्यालोरी बढी हुने हुँदा यसको बढी सेवनले मोटोपनको समस्या आउन सक्ने बोस्टनको मेडिकल सेन्टरका डा. मर्रर्ेेमटलम्यानले बताएका छन् । त्यसैले उनी स्वस्थ रहनका लागि उचित मात्रामा चकलेट खान सुझाव दिन्छन् । डा. मर्रर्ेे भनेका छन्- गाढा रंगको चकलेट उचित मात्रामा खाने हो भने स्फर्ूर्ति जगाउने यो राम्रो विकल्प हो ।
गाढा रंगको चकलेटमा कोको-Cocoa) को मात्रा ७५ प्रतिशतसम्म हुन्छ तर सामान्य मिल्क चकलेटमा कोको २५ प्रतिशतभन्दा कम हुन्छ । त्यसैले गाढा रंगको चकलेट मुटुका लागि फाइदाजनक हुने अनुसन्धानकर्ताले बताएका छन् ।


गर्भपतनबाट हृदयरोगको खतरा
जति धेरै गर्भपतन भयो त्यति धेरै हृदयरोगको खतरा हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । कुनै महिलाको तीन वा तीनभन्दा बढी पटकसम्म गर्भपतन भएको छ भने ती महिलालाई हृदयरोगको खतरा अन्य महिलाको तुलनामा पाँच गुणा बढी हुने जर्मनीका अनुसन्धानकर्ताले बताएका छन् । ३५ देखि ६५ वर्षा ११ हजार ५ सय महिलामा गरिएको सो अनुसन्धानमा जति धेरै पटक गर्भपतन भएको हो त्यति नै बढी मुटुको समस्या भएको पाइएको थियो ।

अनुसन्धानकर्ताले कस-कसलाई पहिलेदेखि नै मुटुको समस्या थियो र कसलाई थिएन भन्ने कुरा अनुसन्धानमा सामेल गरिएका महिलाहरुलाई सोधेका थिए । त्यस्तै कति-कति उमेरमा कति पटक गर्भधारण भएको र कति पटक गर्भपतन भएको भन्ने प्रश्नसमेत ती महिलालाई राखिएको थियो । यस अनुसन्धानबाट कम पटक गर्भपतन भएका महिलालाई हृदयरोगको खतरा पनि कमै रहेको पाइयो । जर्मनीको हेडलबर्गस्थित जर्मन क्यान्सर रिर्सच सेन्टरका अनुसार महिलाको जति-जति उमेर बढ्दै जान्छ त्यति नै हृदयरोगको खतरा पनि बढ्दै जान्छ ।र् गर्भपतन र यसबाट मुटुमा पर्ने प्रभावका सम्बन्धमा बेलायतका वैज्ञानिक/डाक्टरहरु भने अनभिज्ञ प्रकट गर्छन् । जुन महिलालाई गर्भधारण गर्न दिक्क लाग्छ त्यस्ता महिलालाई भने हृदयरोगको खतरा बढी हुने एक अध्ययनले देखाएको कुरा बेलायतको क्याम्ब्रिज युनिभर्सिटीका प्रो. गोर्डन स्मिथले बताएका छन् ।
लाग्न सक्छ । अर्को एक थरीमा चाहिँ महिनावारी नै नहुने पनि हुन सक्छ । यस्तो बेलामा त यौनसर्म्पर्क राख्न कुनै असजिलो हँुँदैन ।

आईयूसीडी -कपर-टी) ः यो पनि महिलाले नै प्रयोग गर्ने साधन हो । यो पाठेघरमा राखिन्छ । तामाले बनेको र अंग्रेजीको अक्षरको टी आकारको हुने भएकोले यसलाई कपर-टी पनि भनिन्छ । यसले विशेष गरेर पाठेघरको भित्री वातावरणलाई परिवर्तन गर्छ । डिम्ब र शुक्रकीटको मिलन हुन तथा डिम्बलाई पाठेघरमा बस्न असहज बनाएर गर्भ रहनबाट बचाउँछ । एकपल्ट राखेपछि यसले १२ वर्षम्म काम गर्छ । हर्मोन पनि नहुने भएकोले यसको असर पनि पर्दैन र यौनक्रियाकलापमा पनि कुनै बाधा पार्दैन । यौनआनन्द मजाले लिन सकिन्छ ।

इम्लान्ट ः हर्मोन तत्त्व हुने यो साधन पनि महिलाहरुले नै प्रयोग गर्ने गर्भनिरोधको साधन हो । सलाईको काँटीजस्तो तर केही लामै स-साना दुइ वटा सिन्का महिलाको पाखुराको छालामुनि राखिन्छ । एकपल्ट राखेपछि यसले ५ वर्षम्म काम गर्छ । यसले डिम्ब उत्पन्न हुन नदिई तथा शुक्रकीट पाठेघरभित्र पस्न नदिई गर्भ रहनबाट रोक्छ ।
यो निकै नै प्रभावकारी छ र एकपल्ट लगाएपछि ५ वर्षम्मको लागि ढुक्क हुन पाइन्छ । अर्को कुरा यौनसर्म्पर्कको बेलामा कुनै तयारी गर्नुपर्ने झन्झट पनि हुँदैन । महिनावारीमा भने केही गडबडी हुन सक्छ ।

पुरुष बन्ध्याकरण -भ्यासेक्टोमी) ः यसमा पुरुषको दुवै शुक्रवाहिनी नलीलाई काटिन्छ । त्यसैले अण्डकोषमा उत्पादन भएका शुक्रकीट वर्ीयको साथै निस्कन पाउँदैनन् । शुक्रकीट नभएपछि गर्भ रहने कुरा भएन । पुरुषको बन्ध्याकरण भनेको खसी पार्ने होइन ।
यौनेच्छालाई प्रभावित पार्ने महत्त्वपर्ूण्ा रागरस -हर्मोन) टेस्टेस्टेरोन हो । यो रागरस अण्डकोषबाट उत्पादन हुने गर्दछ । शुक्रकीटवाहिनी नलीलाई छानेर मात्र काटिने र बन्द गरिने भएको हुनाले अण्डकोषको आफ्नो कार्यसम्पादन गर्नमा यस शल्यक्रियाले कुनै नकारात्मक असर पारेको हुँदैन । बन्ध्याकरण गरिए पनि स्नायु तथा रक्तनसालाई कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पुर्‍याइएको हुन्छ । त्यसैले पुरुष बन्ध्याकरण गरे पनि अण्डकोषको यस हर्मोन उत्पादन गर्न सक्ने क्षमतालाई कुनै नकारात्मक असर गर्दैन । त्यसैले पुरुषको यौनेच्छामा कुनै कमी आउँदैन ।

बन्ध्याकरण गर्दा पुरुषलाई लि· नै उत्तेजना नहोला भन्ने चासो र चिन्ताले अति नै सताउने गर्दछ । बन्ध्याकरण गरिँदा त्यसको समीपमा भएका स्नायु तथा रक्तनसालाई कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पुर्‍याइएको हुन्छ । त्यसकारण यो शल्यक्रिया गरेपछि पनि लि·को उत्तेजना हुन्छ र कुनै किसिमको नकारात्मक असर पर्दैन । गर्भ रहने पिर नभएपछि झन् रमाइलोसँग यौनसर्म्पर्क राख्न सकिन्छ

महिला बन्ध्याकरण -मिनिल्याप) ः महिलाको पाठेघरको दुवैतिर भएका डिम्बवाहिनी नलीलाई सानो शल्यक्रियाको मद्दतले काटिन्छ । यौनसर्म्पर्क राखे पनि पुरुषबाट आएका शुक्रकीटको मिलन डिम्बसँग हुन पाउँदैन । अनि गर्भ रहने कुरा नै भएन । यसो गर्दा महिलाको यौना·लाई कुनै असर परेको हुँदैन । योनि वा भगाङ्कुर वा योनिक्षेत्रको अन्य अ·मा कुनै चोट वा असर परेको हुँदैन । यसले अन्य हर्मोन सामान्यरुपमा निकालिरहेको हुन्छ । त्यसैले महिलाले यौनसर्म्पर्क राख्न र यौनसुख प्राप्त गर्न कुनै बाधा पर्दैन ।

आकस्मिक गर्भनिरोध ः गर्भनिरोधका कुनै साधन प्रयोग नगरी यौनसर्म्पर्क भएको बेला वा गर्भनिरोधका साधन प्रयोग गरे पनि कुनै दर्ुघटना हुन गएमा -जस्तै कन्डम फुट्नु) गर्भ रहनबाट बच्ने उपाय हो यो । हुन त आकस्मिक गर्भनिरोधमा प्रयोग गरिने औषधि र अन्य गर्भनिरोधका खाने चक्कीमा प्रयोग गरिने हर्मोन उस्तै नै भए पनि यसको प्रयोग गरिने तरिका भने फरक छ । वास्तवमा गर्भनिरोधका साधन भनेको यौनसर्म्पर्क गर्दा पनि गर्भ रहन नदिई भरपूर यौनआनन्द प्राप्तिलाई सघाउने साधन हुन् ।

गर्भनिरोधक कि यौनप्रसाधन ?
परिवार नियोजनको साधनको रुपमा गर्भनिरोधका साधनलाई चिनाइन्छ । तर गहिरिएर गर्भनिरोधको उद्देश्यलाई हर्ेर्ने हो भने कुरा फरक छ । अहिले विवाहको उमेर बढ्दो छ, त्यसैले पहिलेजस्तो यौनेच्छा प्रबल हुनुभन्दा पहिले नै विवाह हुने स्थिति अहिले रहेन । यौनचाहना तीव्र हुने किशोरावस्थाको विवाहलाई हामी उमेर नपुगेको नै मान्छौं । स्वाभाविक रुपमा विवाहपर्ूवको यौनसर्म्पर्कको बन्देज बिस्तारै खुकुलो हुँदै गएको छ । विवाहभित्रकै कुरा गर्ने हो भने पनि समाजमा भएका अन्य परिवर्तनले पनि पहिलेजस्तो धेेरै सन्तान जन्माउने स्थिति रहेन । हाल विवाहइतर यौनसम्बन्ध पनि हुने गर्दछ । यस्ता विवाहइतर वा विवाहपर्ूव सम्बन्ध हुनका अनेक कारण हुन सक्छन् । यी कारणरूमध्ये यौनआनन्द प्राप्ति शायद सबैभन्दा प्रमुख तथा महत्त्वपर्ूण्ा कुरा हो । गर्भनिरोधको साधनले पक्कै नै यसलाई सघाउ पुर्‍याएको हुन्छ ।

अहिले प्रायजसो यौनसर्म्पर्क यौनआनन्दको लागि हुन्छ भन्दा फरक पर्दैन । प्रकृतिले बनाएको यौनसर्म्पर्कमा सन्तान प्राप्ति मूल ध्येय होला तर प्रकृतिले नै त्यसमा संलग्न हुन मानव जाति उत्प्रेरित होओस् भनेर जोडेको ँआनन्द’को पछि लाग्नु स्वाभाविक छ । गर्भ रहला कि भन्ने भय मनमा पस्नासाथ यौनसर्म्पर्कको आनन्द प्राप्त गर्न सकिन्न । अनिच्छित गर्भ रहन नै गएको स्थितिमा अनेक समस्या पनि आउने हुन्छ । गर्भनिरोधका साधनले गर्भ नरहीकनै भरपूर यौनआनन्द लिने निरन्तर अवसर प्रदान गर्दछ । त्यसकारण गर्भनिरोधको साधनलाई यौनप्रसाधन भन्दा पनि फरक पर्दैन ।

र यसका अनेक उपायहरू प्रचलनमा छन् । नेपालमा प्रचलित गर्भनिरोधका केही उपायहरू यस प्रकारका छन् ।
क्यालेन्डर विधि ः प्राकृतिक तरिकाको उपयोग गर्न महिलाले आफ्नो महिनावारीका दिनहरुमध्ये कुन दिनमा सम्भोग गरेमा गर्भ रहन्छ भन्ने कुरा थाहा पाउनर्ुपर्छ । पुरुषको प्रत्येक वर्ीय स्खलनमा शुक्रकीट हुन सक्ने भए पनि महिलाको शरीरमा मासिक रुपमा एक डिम्ब निस्कन्छ र यसै बेला यौनसर्म्पर्क भएमा पुरुषको वर्ीय महिलाको डिम्बसँग मिलन हुन सक्छ अनि गर्भको सुरुवात हुन सक्छ । यदि महिनावारी यस्तै २८ देखि ३१ दिनसम्मको छ भने सजिलोको लागि पहिलो १० दिन सुरक्षित, बीचको १० दिन असुरक्षित र अन्तिम १० दिनलाई फेरि सुरक्षित मान्दा हुन्छ ।

बाहय स्खलन ः यो प्राकृतिक गर्भनिरोधको तरिका निकै पहिलेदेखि सुरु भएको मानिन्छ । यस विधिमा लि·-योनि मैथुन गरिरहेका जोडीले वर्ीयस्खलन हुन लागेको थाहा पाएपछि पुरुषले आफ्नो लि·लाई योनिबाट बाहिर झिक्छ र योनिक्षेत्रभन्दा बाहिर वर्ीयस्खलन गराउँछ ।

चरम सुखमा पुग्नै लागेको बेलामा पुरुष तथा महिलाको चेतनशीलता केही रुपमा भए पनि धमिलिन सक्छ । सो बेलाको क्रियाकलापमा चेतनमनको नियन्त्रण नहुन सक्छ । त्यसैले लि· बाहिर निकालेर योनिबाहिर वर्ीय झार्न कठिन हुन सक्छ । कतिपय व्यक्तिहरु त्यसमा पनि विशेषगरी किशोरहरूलाई आफ्नो वर्ीय कतिखेर स्खलन हुन्छ भन्ने कुरासमेत थाहा पाउन गाह्रो हुन सक्छ ।
कन्डम ः सामान्यतया पुरुषले यौनसर्म्पर्कको बेला लि·मा लगाउने रबरको पातलो खोल कन्डम हो । यसले वर्ीयमा हुने शुक्रकीटहरुलाई महिलाको प्रजनन अ·मा जान दिंंदैन, जसले गर्दा महिलाको डिम्बसँग मिलन हुन पाउंँदैन र गर्भ रहन दिंदैन । यसले गर्भनिरोध गर्ने मात्र नभई एचआईभी तथा यौनरोग र्सनबाट पनि बचाउँछ । अहिले महिलाको योनिमा लगाउने कन्डम पनि पाइन्छ, जसलाई महिला कन्डम भनिन्छ ।

केही व्यक्तिले यसलाई यौनसन्तुष्टि कम गराउने कारक माने पनि यसको राम्ररी प्रयोग गर्न जानेमा यौनसन्तुष्टि अझै बढी पनि लिन सकिन्छ । यसले यौनक्रियाकलापमा रोमाञ्चकता थप्छ । साथै बढी यौनसुख दिने किसिमका कन्डम पनि पाइन्छन् । शीघ्र स्खलनको समस्यालाई यसले कम गर्छ ।

खाने चक्की -पिल्स) ः हर्माेन तत्त्वहरु भएका यी चक्कीहरु महिलाले नबिर्राई दिनहुँ खाएर गर्भनिरोध गर्न सकिन्छ । यो चक्की दिनदिनै खाएमा महिलाको डिम्बाशयबाट डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । गर्भ नरहने भएपछि चाहेअनुरुप यौनआनन्द लिन सकिने हुन्छ ।

तीनमहिने र्सर्ुइ -डिपो) ः यो डिपोप्रोभेरा सुइद्वारा दिइने हर्मोन भएको गर्भनिरोधको साधन हो । यो र्सर्ुइ एकपल्ट दिएपछि तीन महिनासम्म काम गर्छ । यो र्सर्ुइ लगाएपछि महिलाको डिम्बाशयबाट डिम्ब उत्पन्न हुँदैन र गर्भ पनि रहँदैन । यसका धेरै फाइदा भए पनि यसले महिनावारी गडबडी पार्न सक्छ । धेरैजसो डिपो र्सर्ुइ लिने महिलाहरुमा दुइ पटकको महिनावारीको बीचमा पनि थोरै रगत देखिन सक्छ । त्यसदेखि बाहेक कसैमा धेरै रगत आउन सक्छ तर यो अलि विरलै हुने गर्छ । यसरी बीचमा रगत आउने हुँदा श्रीमान्लाई यौनसर्म्पर्क राख्न असजिलो हुन्छ।
साभार : साधना

0 comments:

Post a Comment

 
Top