Menu


.


दीपेन्द्र शाक्य,असार १२ संखुवासभा

सुनसरीको धरानबाट संखुवासभाको खाँदबारी आउदै गरेको यात्रुवाहक वसका चालक सहित ५ जनाको समुहले एक युवतीलाई सामुहिक बलात्कार गरेका छन ।  ना २ ख १३९५ नम्वरको भावना ट्राभल्सको वसका चालक सहित ५ जनाले खाँदबारी नगरपालीका १३ स्थित सभाखोलामा गएराती बुद्धधर्मालम्बी भिक्ष्ालाई सामुहिक वलात्कार गरेको प्रहरीले जनाएको छ । 
भोजपुर खाटम्मा घर भएकी २१ बर्षीय भिक्ष्ालाई राती १० वजेतिर उनीहरुले जवरजस्ती वसभित्रै लगेर वलात्कार गरेका थिए । बलात्कारको खवर पाएपछि संघिय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले बस चालक सहित पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन । प्रहरीले तेह्रथुमका २१ वर्षीय चालक राजु लिम्वु धनकुटा पाख्रीवासका १७ वर्षीय सोवित मगर संखुवासभा मादीराम्वेनीका २४ वर्षिय भुवन गुरुङ ईटहरी ५ का २७ वर्षीय द्रोणवहादुर राई र धरान १५ का १८ वर्षिय अभिसेक मगरलाई हिरासतमा राखि अनुसन्धान शुरु गरेको छ । 

प्रहरीले को १ ख २७२८ नम्बरको वस र ना २ ख १३९५ नम्बरको वसलाई समेत नियन्त्रणमा लिएर अनुसन्धानका लागि राखेको छ । बलात्कार पछि ती युवतीको अझै होस आएको छैन । उनको चैनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि आईतबार दिउँसो धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । पक्राउ परेका पाँचै जनालाई कानुन अनुसार कारवार्हि गर्न उद्धार कार्यमा संलग्न सघिय लिम्वुवान राज्य परिषदका केन्द्रिय सदस्य सुमन मादेनले आग्रह गरेका छन । 

0 comments:

Post a Comment

 
Top