Menu


.

असार १५ काठमाडौं
सार्वजनिक लेखा समितिले आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । समितिले अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा करिब २० मिनेट उडान रोकेर निरीक्षण गरेको हो । करिब ४० करोड रुपैयाको लगानीबाट सन् २००९ देखि शुरु गरिएको अन्र्तराष्ट्रिय विमानस्थलको २०११ मा कार्य पुरा भएको थियो । कार्य पुरा भएको केही समय नबित्दै धावनमार्ग भत्किएर खाल्डाखुल्डी परेको जानकारी पाएपछि लेखासमितिले चासो देखाएको हो ।

समितिले विमानस्थलको धावनमार्ग र हेलिप्याडको निरीक्षणपछि लापरवाहीको कडा आलोचना गरेको छ । सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील स्थानको धावनमार्गमा गरिएको लापरवाहीको कडा छानबिन हुने बताउनुभएको छ । उहांले ६ महिना अघि मात्रै कार्य पुरा गरेको हेलिप्याडको अवस्था अति नाजुक रहेको बताउनुभयो । हेलिप्याडको कार्यपुरागर्ने जिम्मा लिएका व्यक्तिले जिम्मेवार रुपमा कार्य पुरा नगरेको भन्दै ति व्यक्तिलाई कारबाहिको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

स्थलगत निरीक्षणमा एकीकृत माओवादी सभासद नारायण प्रसाद दाहालले ठेकेदारले बढि नाफा कमाउने उदेश्यका कारण नै विमान स्थल मर्मतमा समस्या भएको बताउनुभयो । काम गर्ने ठेक्का लिएपनि कसैको संरक्षणमा नै मनोमानि गरिएको उहांको आरोप थियो । दाहालले चाडै निमार्णकार्यमा संलग्न ठेकेदारलाइ कारबाहि गरिनुपर्ने बताउनुभएको छ । विमान स्थल मर्मत गरेको केही दिनमै भासिएर बिग्रीएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उडान प्रभावित भएको थियो ।

0 comments:

Post a Comment

 
Top