Menu


.

राजेन्द्र न्यौपाने असार ९ गोरखा  ।
जिल्लाको बोर्लाङ गाउँ विकास समिति स्थित भीमकुल वचत तथा ऋण सहकारी संस्थाले गरेको सामूहिक अदुवा खेतीबाट त्यस क्षेत्रका किसानहरु मनग्य आम्दानी गर्न सफल भएका छन् । बचतले सामुहिक खेतीका लागि मल र विउ खरिद गर्न विना व्याज ऋण उपलब्ध गराएको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो । गाउँ विकास समिति भरीमा चालिस टन अदुवा उत्पादन भएको संस्थाका सचिव बुद्धि श्रेष्ठले जानकारी दिनुभयो ।

नगदे बालीका रुपमा रहेको अदुवाको माग बढ्न थालेपछि खेती गरेको भएपनि विक्रीका लागि भने निक्कै कष्ट सहनु परेको भीमकुल वचत आर्थिक अनुगमन समितिका सदस्य भुमि गोतामेले बताउनुभयो । अदुवा खेती गर्ने समयमा प्रतिकेजी १०० केजी भएपनि भर्खरै मात्रै कालीमाटीमा पुरयाएर ३२ रुपैयाँ प्रतिकेजी विक्री गर्नुपरेको संस्थाका अध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

नगद नगदै हो भन्दै खेती गर्ने किसानहरुले परम्परागत खेतीबाट भन्दा पनि अदुवा वाटै राम्रो आम्दानी भएको बताएका छन् । यसै वीच संस्थाले यस वर्षदेखि सामूहिक पिँडालु खेतीका लागि पनि ऋण प्रवाह गर्ने संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो । भीम कुल वचत तथा ऋण सहकारी संस्था गोरखाले गा.वि.स. भरीक विद्यालयहरुमा सोलार जोड्ने गाउँमा खानेपानीको व्यवस्था गर्ने लगायतका कार्यमा विभिन्न संघ संस्थासँग सहकार्य गर्दै आईरहेको छ । साथै यस क्षेत्रका विद्यालयहरु सबैले भर्खरै सम्पन्न एस.एल.सी. परीक्षामा सत्प्रतिशत विद्यार्थी उतीर्ण गराएका छन् । शिक्षा, स्वास्थ्य र सहकार्यमा एक गाउँ देखि अर्को गाउँमा प्रतिस्पर्धा हुने गरेको छ ।

0 comments:

Post a Comment

 
Top