Menu


.


शेरबहादुर भुजेल असार १० दोलखा ।
लगातार वर्षा हुन थालेपछि दोलखाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । पानीले सडकमा अत्याधिक हिलो हुने, भू–क्षय भएर सडक अवरुद्ध भएको र सडकको बीचबाट पानी बगेर खाल्डा खुल्डी भएका कारण अधिकाँश ग्रामीण सडकमा गाडी बन्द भएका छन् ।

बैशाखदेखि नै पानी परिरहेकाले चर्नावती खोलामा पानीको सतह बढेपछि तामाकोसी बजारबाट पवटी,फस्कू र घ्याङ भेड्पूको सडकमा एक महिनादेखि नै गाडी चल्न बन्द भएको छ । त्यस्तै सिंगटीबाट लादुक, बुलुङ, ओराङ, सोरुङ खोलासम्मको सडकमा पनि यातायात अवरुद्ध भएको छ । बुस्ती पुतलीकाठ, ठूलोपातल, खोल्मे, भीरकोट, जफे, मालु, च्यामा हावा सडक, नाम्दू– क्षेत्रपा, सित्तली मेलुङ डाँडाखर्क,  चरिकोट–कालिञ्चोक, मुडे सेराबेसीं, बुस्ती पुतलीकाठको सडक समेत अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएर यातायातका साधन नचलेपछि स्थानीयहरु मर्कामा परेका छन् । “हिउँदमा गाडी चल्दा सजिलो भएको थियो” लाँकुरीडाँडाका फूर्वा तमाङले भन्नु भयो “गाडि चढ्ने बानी परेर हिड्न गाह्रो भएको छ ।” गाडि बन्द भएपछि गाउँ गाउँमा उपभोग्य सामाग्री तथा निर्माण सामाग्री ढुवानीमा र स्थानीय उत्पादन बजारसम्म पु¥याउन समस्या परेको छ ।

केही वर्षयता स्थानीयहरुको पहलमा गाउँ गाउँमा डोजरले सडकको ट्रयाक खोलेर गाडि चले तापनि त्यसको व्यवस्थापन राम्रो नभएकाले वर्षात्मा सधैं सडक अवरुद्ध हुने गरेको छ । सडकको ट्रयाक मात्र खोलिनु, सडकमा पानी नकटाउनु, टेवा पर्खाल नलगादउनु, सोलिङ नहुनु जस्ता कारणले अधिकांश सडकमा भूक्षय र पहिरो गएको र हिलाम्मे भएकोे स्थानीयहरुको भनाइ छ । विना योजना जथाभावी सडकको ट्रयाक खोलिने गरेकाले पनि पछि ग्रामीण सडकमा समस्या आएको प्राविधिकहरुको भनाइ छ । दोलखाको गौरीशंकर गाविसबाहेक सबै गाविसमा सडकको ट्रयाक खोलिएको छ । १ नगरपालिका र ५१ गाविस रहेको दोलखाको ४६ गाविसमा हिउँदमा नियमित रुपमा बस चल्ने गरेका छन् । स्थानीय निकायमा सरकारले बढी अनुदान दिन थालेपछि अधिकांश बजेट सडकमा खर्च गरिने गरेको छ ।

0 comments:

Post a Comment

 
Top