Menu


.

असार १५ गोरखा ।
गोरखा जिल्लाको घ्याल्चोक गाउँ विकास समिति वडा नं.५ मा रहेको जनकल्याण ताजा तरकारी सहकारी संस्था ज्यामिरेघाट गोरखाले आर्थिक वर्ष ०६७–०६८ को समय अवधि भरमा कूल तीन करोड २५ लाखको आर्थिक कारोवार गरेको संस्थाका सचिव माधव दुवाडीले जिल्ला कृषि विकास कार्यालय गोरखाले बुधबार ज्यामिरेघाटमा आयोजना गरेको किसानका समस्या विषयक अन्र्तक्रिया कार्यक्रममा घ्याल्चोक वडा नं. ५, १ र ६ का किसान तथा भूम्लिचोकका केही किसानहरुले सो कुरा बताएका हुन् ।
किसानहरुका अनुसार गोलभेंडा, काँक्रो, घिरौंला, फर्सी, लौका, करेला, परवल, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, रामतोरिया, साग, भेंडी खुर्सानी लगायतका विभिन्न १६ प्रकारका तरकारी उक्त संस्थाका सदस्यहरुले उत्पादन गर्दै आईरहेका छन् ।

गत वर्ष १७ सय टन उत्पादन गरी विक्री गरिएकोमा यो वर्ष १४ सय टन विक्री गरिएको संस्थाका व्यवस्थापक रेशम बहादुर विश्वकर्माले कार्यक्रममा जानकारी दिनुभयो । संस्थामा महिला, १०, दलित १७,जनजाति २० र अन्य ८२ जना गरी कुल १२९ जना सेयर सदस्य संस्थाले धादिङ स्थित मेनरोडमा संकलन केन्द्रको स्थापना गरेको छ, भने गोरखाको जमिनमा आफ्नै भवन समेत स्थापना गरेको छ । किसानका तरकारी विक्री भएपछि एक प्रतिशत रकम संस्थामा राख्ने र एकभारी तरकारी तौल गरेको दूई रुपैंया लिएर व्यवस्थापक लगायतका अन्य कर्मचारीलाई तलब सुविधा प्रदान गरिँदै आएको सहकारीका उपाध्यक्ष मदन दुवाडीले जानकारी संस्थाले किसानहरुको तरकारी आफैले किनेर बिक्री गर्दै आईरहेको छ यसबाट संस्थालाई बार्षिक २५ हजार मुनाफा हुने गरेको छ भने किसानहरुलाई तीन करोड २५ लाख भन्दा बढि रकम हस्तान्तरण गर्ने गरेको छ ।

यसै वीच कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय गोरखाका वरिष्ठ कृषि विकास अधिकृत बुद्धिबहादुर थापाले कृषि कार्यालयले सकेको सहयोग गर्ने बचन दिनुभयो । कृषि विकास समितिका अध्यक्ष एवं गोरखा जिल्लाका स्थानीय विकास अधिकारी तिलक पौडेलले गाउँ विकास समितिबाट पनि सहयोग लिएर संस्थाको विकासमा सबै लाग्नुपर्ने बताउँदै त्यस क्षेत्रका किसानहरुले गरेको कार्यको पशंसा तरकारी विक्रीबाट त्यस क्षेत्रका किसानहरुको जीवनस्तरमा परिवर्तन आएको छ । तरकारी खेतीबाट नै छोराछोरीलाई पढाउन र घरको खर्च चलाउन सकिएको संस्थाका साधारण सदस्य रामचन्द्र रेग्मीले बताउनुभयो ।

यस गा.वि.स.का विभिन्न केन्द्रमा सोही परिणाम बराबरको तरकारीको कारोवार हुँदै आईर यस क्षेत्रमा उत्पादन भएका तरकारी पोखरामा ७० प्रतिशत, काठमाण्डौमा २० प्रतिशत र अन्य बजारमा १० प्रतिशत विक्री हुने गरेको छ । कार्यक्रममा किसानसँग आवद्ध संघ संगठनका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment

 
Top