Menu


.

चन्द्रश्वर बस्ताकोटी
 असार ७ मुस्ताङ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोडने बेनी जोमसोम सडक खण्डमा पछिल्लो समय ४ बटा बेली ब्रीज सम्पन्न भएका छन । नेपाली सेना कार्यदल गण पोखरेबगरले जोमसोम देखि बेनीसम्ममा पर्ने सडक र पुल बनाउने कार्य गर्दै आएको थियो ।

मगलबार शान्ति समिती अन्तर जिल्ला अन्तक्रिया अध्ययन अवलोकन भ्रमण टोलीले कोवाङ गाबिसको घट्टेखोला भनीने बोक्सीखोलामा बनेको बेली ब्रिजको उदघाटन गरेको टोलीकी सदस्य शिवानी ल्वागनले बताइन । लुम्बिनी समेत जाने भनिएको टोली द्धन्द प्रभाबित रोल्पा र पाल्पा गै अन्र्तक्रिया कार्यक्रमको आयोजन ागर्ने बताइएको छ । टोलीमा मुस्ताङका १२ जना सदस्यहरु सहभागी छन । टोलीमा ३ राजनितिक दलका मुस्ताङ प्रतिनिधि सहभागि भएका छन ।

नेपाली सेनाले बिगत ८ बर्ष अगाडी बेनी जोमसोम सडक बनाउन सरकार सग जिम्मा लिएको थियो । बेनी जोमसोम सडक खण्डमा पर्ने कालीगण्डकी नदिमा गत बर्ष अगाडी ३ बटा बेली ब्रिज सम्पन्न भै सकेका थिए । केहिदिन अगाडी काठमाण्डौ देखि मुक्तिनाथको दर्शन गर्न निजि गाडीमा जोमसोम आइपुगेका कास्कीकोट, कास्कीका मनहरि त्रिपाठीले सेनाले सडक र पुल बनाएपछि सबै नेपालीलाई मुस्ताङ आउन सहज भएको बताउदै सेनाले यस्तै राम्राकाम गर्न सकेमात्र सेनाको उचाइ बढने बताए ।

करिब ७६ कीलोमिटर काली गण्डकीको किनारै किनार बनाईएको बेनी जोमसोम सडक खण्डमा ७ बटा बेली ब्रिज बनाइएको छ । सेनाले यसै महिना भित्र जोमसोम बेनी कच्चिजोडने कच्चिमोटर बाटोलाई सडक बिभाग समक्ष बुझाउने बताइएको छ । भारत र चिनलाई  सबै भन्दा कम दुरी बाट जोडने कालिगण्डकी करिडोर अन्र्तगतको यो सडक बनेपछि धार्मीक पर्यटकको सख्यामा भारी बृद्धि भएको छ ।  

0 comments:

Post a Comment

 
Top