Menu


.






हेमशंकर सिंह  असार  १० राजविराज।
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष जयप्रकाश प्रसाद गुप्ताले ठूला तीनदलको चाहनाले मात्र नयां बजेट आउन नसक्ने भन्दै त्यसका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सहमति अनिवार्य रहेको बताउनुभएको छ ।

गृह जिल्ला सप्तरीको राजविराजमा आज पत्रकार सम्मेलनमा गुप्ताले मधेशवादी शक्तिहरुको पनि त्यसमा सहमति आवश्यक रहने उल्लेख गर्नुभयो । उहांले एकीकृत माओवादी, कांग्रेस र एमालेले ठूला दलकै कारण शान्ति र संविधानको जनचाहना पूरा नहुने आशंका बढेको भन्दै अन्य साना दललाई पनि विश्वासमा लिएर जान सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री झलनाथ खनालले राजीनामा नदिने भनेर राष्ट्रिय सहमतिका लागि बाधक बनेको आरोप लगादै फोरम गणतान्त्रिकका अध्यक्ष गुप्ताले राजीनामापछि मात्र सहमतिको मार्ग प्रशस्त हुने बताउनुभयो । माओवादीले सेना समायोजनको विषयलाई टुंग्याउने बताउदै आए पनि अहिले माओवादी, कांग्रेस र एमाले यसलाई टुङगो लगाउन आलटाल गरिहेको गुप्ताको आरोप थियो ।

त्यसै गरेर अध्यक्ष गुप्ताले अहिले सञ्चालन भईरहेको जनगणना स्वच्छ तथा निश्पक्ष नभएको आरोप लगाउनुभएको छ । उहांले जनगणनाको कार्य अबिलम्व सुधार गर्न राष्ट्रिय योजना आयोग र केन्द्रिय तथ्यांक विभागको ध्यानाकर्षण हुनुपर्ने माग गर्नुभएको छ ।

0 comments:

Post a Comment

 
Top