Menu


.

राजेन्द्र न्यौपाने
 असार ९ गोरखा। गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ११ बस्ने रेशम बहादुर बानिया (वर्ष ७२) र मिरकोट गा.वि.स.को विर्दी बस्ने शुशिला पाण्डे (वर्ष २६ )वीच बैवाहिक सम्बन्ध भएपछि स्थानीय गाउँलेहरुले उनीहरुलाई कारवाही स्वरुप गाउँ निकाला गरेका छन् ।

घरमा श्रीमती भएको र घरमा श्रीमान भएको अवस्थामा उनी भिनाजु र साली साइनो पर्ने यी दुई वीच विगत पाँच वर्षदेखि पाचरपाचुके सम्बन्ध भईआएकामा आज दिउँसै पनि खुलेआम सम्बन्ध राखेको अवस्थामा गाउँलेहरु फेला पारी गाउँ निकाला गरेका हुन् । रेशम बहादुर एमाले (केपी ओली पक्ष ) का गोरखाका बरिष्ठ नेता हुन् । वडा नं.११ का अध्यक्ष समेत रहेका बानियाँ इमान्दार नेता भएको एमाले गोरखाले बताएको छ ।

बानियाकी जेठी श्रीमती मिन कुमारी बानियाँले आफूलाई श्रीमान्ले पटक पटक मानसिक र शारीरिक याताना दिएको बताउनुभयो । दुई छोरा र एक छोरीका बाबु समेत रहेका बानियाँका एक छोरा नेपाल आर्मीका मेजर समेत रहेका छन् ।

0 comments:

Post a Comment

 
Top