Menu


.



असार १३,काठमाण्डौ  

राष्ट्रिय जनगणना २०६८ आज सकिँदैछ । एघारौं राष्ट्रिय जनगणना गएको असार ३ गतेदेखि सुरु भएको थियो ।  केन्द्रीय तथ्यांक विभागले तय गरेको कोही नछुटौं कोही नदोहोरिऔं भन्ने नारासहित भएको जनगणनामा करिव ३४ हजार कर्मचारी खटिएका थिए ।  हरेक १० वर्षमा गरिने जनगणना नेपालमा शुरु भएको एक शताब्दी पुगेको अवसरमा यसपालीको जनगणनालाई विशेष बनाइएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

 विभागका अधिकृत बज्राचार्यका अनुसार आज गणनाका लागि तोकिएको मिति सकिएपनि असार १८ गतेसम्म छुटपुट क्षेत्रमा गणक र सुपरिवेक्षक खटिनेछन् । दुई महिनासम्म जनगणनाको पुनःपरिक्षण गर्ने र असोज मसान्तसम्ममा प्रारम्भीक नतिजा प्रकाशन गर्ने विभागको योजना छ । विभागका अनुसार सहरी क्षेत्रमा ९०  र ग्रामीण क्षेत्रमा ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । अघिल्लो जनगणना भन्दा अहिले २ दशमलव १३ प्रतिशतले जनसंख्या बढ्ने अनुमान गरिएको छ । 

0 comments:

Post a Comment

 
Top