Menu


.


असार १४,काण्माण्डौ 
सभासदहरुले कृषिको व्यवसायिक उत्पादन औद्योगिक विकास र उर्जा विकासलाई महत्व दिएर बजेट ल्याउन सरकारसँग माग गरेका छन् ।  व्यवस्थापिका संसदमा जारी विनियोजन विधेयकमाथी अन्तिम दिनको छलफलमा भागलिदै सभासदहरुले उर्जा क्षेत्रको विकासलाई महत्व दिन माग गरेका हुन् । एकीकृत माओवादीका अमिक शेरचनले आगामी बजेटमा उर्जा विकासलाई महत्व दिन सुझाव दिनुभयो । 
शेरचनले राष्ट्रिय स्वाधिन अर्थतन्त्रको जग बनाउन स्वदेशमै उपलव्ध कच्चा पदार्थ प्रयॊग गर्ने खालका उद्योग विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । वयस्क अर्थतन्त्र भएका दुई छिमेकी मुलुकसँग प्रतिष्पर्धागर्न नसक्ने भएका कारण नेपाली मौलिकताको अर्थतन्त्रको विकास गर्न जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले मुलुक संविधान निर्माणको चरणमा रहेका कारण सबैको सहमति जुटाएर बजेट ल्याउन अर्थमन्त्रीलाइ सुझाव दिनुभयो । यस्तै नेपाली कागे्रसका गोपालमान श्रेष्ठले पार्टीभन्दा माथि उठेर नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो । जेठ १४ मा पाँचबुदे सहमति भइसकेपछि वर्तमान सरकार कामचलाउ भइसकेकोले पार्टी विशेषका कार्यक्रम ल्याउन नमिल्ने उहाँले दावी गर्नुभयो ।यसैगरी नेकपा एमालेका राधा ज्ञवालीले सामान्तवादका आर्थिक आधार भत्काउन वैज्ञानिक भूमिसुधार र भुःउपभोगनीति बनाउन जरुरी रहेको बताउनुभयो । परम्परागत कृषिवाट देशको विकास संभव नभएकोले कृषिको व्यवसायिकरणमा रुपान्तरणगर्न कृषि औजार कार्खाना निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।  
यसैबीचव्यवसायिक पृष्ठभूमिका सभासदहरुले सरकारले लिएको गलत अर्थनीतिका कारण पूजी पलायन भइरहेको बताएका छन् । नेकपा मालेका सभासद राजेन्द्र खेतानले कृषि पर्यटन र औद्योगिक विकास तथा निर्यात बृद्धिमा जोडदिन सरकारलाइ सुझाव दिनुभयो । उहाँले बजारमा बढेको तरलता अभावले व्यबसायीको मनोबल खस्केको बताउदै तरलता समस्या कायमै रहे आर्थिक क्षेत्र झनै तहस नहस हुने बताउनुभयो । यस्तैमधेशी जनअधिकार फोरमका श्रवणकुमार अग्रवालले आत्मनिर्भर अर्थतन्त्रको विकासकालागि निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्नेमा राजश्व संकलनका नाममा झिङ्गाको बोसो निकाल्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

0 comments:

Post a Comment

 
Top