Menu


.



काठमाडौं १२ असार ।

नेपाली कांग्रेसले सरकारले ल्याउन बजेटका सिद्धान्त र प्राथमिकता दिशाहिन भएको आरोप लगाएको छ । व्यवस्थापिका संसदमा बजेट पूर्वको छलफलमा सहभागि हुँदै कांग्रेस नेता डाक्टर रामशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता हेर्दा बजेट उपभागमुखी बन्न लागेको बताउनुभयो । डाक्टर महतले २७ महिना अघि नौं सयको विन्दुमा रहेको नेप्से तीन सय पचासको हाराहारीमा झरेको अवस्थामा अर्थतन्त्रका चुनौतिलाई संबोधन नै नगर्ने बजेट आउन लागेको बताउनुभयो । डाक्टर महतले बजेट उपभोगमा भन्दा पनि उत्पादनमा जोड दिुनपर्ने बताउनुभयो । 

उहाँले विगतमा पनि उपेक्षित भएकोले कृषि क्षेत्रमा उत्पादन मुखी कार्यक्रम ल्याउन बजेटले प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । उहाँले ८५ प्रतिशत योगदान गर्ने निजी क्षेत्र र १ प्रतिशत क्षेत्र ओगटेको सहकारीलाई समान ढंगबाट हेर्न नहुने धारणा राख्नुभयो ।  
नेता महतले मुलुकको दीगो विकासका लागि देशभरका मुख्य सडकहरु मध्ये पहाडी राजमार्ग काठमाडौं तराई फास्ट ट्रयाक अन्र्तराष्ट्रिय विमानस्थ निर्माण गरेर दीर्घकालीन विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । एमालेका भीमबहादुर रावलले मुलुकले राजनीतिक मुद्धामा मात्र नभइ आर्थिक विकासमा पनि जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले बजेटले नयाँ नयाँ आयोजना निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । नेता रावलले व्यापार घाटा सन्तुलन गर्न विशेष कार्यक्रक्रम ल्याउनुपर्ने बताउनुभयो ।

 उहांले विगतका सरकारले थालनी गरेका विपद व्यवस्थापन गर्न विशेष बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो । उहाँले विकासमा सन्तुलन ल्याउन पछाडी पारीएका वर्ग र समुदायका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने । नेता रावलले कर्णालीको आर्थिक विकासका लागि लोकमार्ग र द्वन्द्वकालमा ध्वस्त भएका संरचनाहरु ममर्तका लागि बजेट छुट्याउनुपर्ने बताउनुभयो ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका डाक्टर तिलक रावलले पाँच बुँदे सहमित अनुसार प्रधानमन्त्रीको राजीनामा आइसकेकाले सरकारले बजेट नल्याएको भए उचित हुने धारणा राख्नुभयो । उहाँले पानी व्यवस्थापन समिति प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुनुपर् यो पानीको उचित व्यवस्थापन हुनुपर् यो । एकीकृत नेकपा माओवादीका नन्दकुमार प्रसाइले  बजेटले जनताका आधाभूत आवश्यक्ता पुरा गर्ने जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले बजेटले कृषि उत्पादन र औधोगीक क्षेत्रको विकासमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

0 comments:

Post a Comment

 
Top