Menu


.

राजन रुचाल असार १० ओखलढुंगा ।
ओखलढुंगा सदरमुकाम ओखलढुंगा स्थित वडा नम्बर ६ भैरवटोलको एक पसलबाट गएराती  चारलाख बराबरको धनमाल चोरी भएको छ । राती करीब २ बजेतिर पानी परिरहेको समयमा युपेश राजभण्डारीको मोबाईल पसलबाट विभिन्न कम्पनीका ४४ थान मोबाइल सेट चोरी भएको छ । त्यसैगरी नेपाल टेलिकमको एक सय रुपैयाँका सातसय थान रिचार्जकार्ड, एनसेलको एकसय र पचास रुपैयाँको तीन सय थान रिचार्ज कार्ड पनि चोरी भएको प्रहरी नायव उपरीक्षक अविनारायण काफ्लेले बताउनुभयो ।

0 comments:

Post a Comment

 
Top