Menu


.

 असार ९ वीरगञ्ज । बाराका पत्रकारहरुले उर्जामन्त्री गोकर्ण बिष्टको कार्यक्रम बहिष्कार गरेका छन् । नेपाल पत्रकार माहासंघ बाराको अगुवाईमा पत्रकारहरुले नेकपा एमालेको भातृ संगठन युवा संघ बाराले कलैयामा आयोजना गरेको सम्मान कार्यक्रम बहिष्कार गरेका हुन् । बिराटनगरका पत्रकार खिलनाथ ढकाललाई युवा संघका कार्यकर्ताले आक्रमण गरेको र आक्रमणमा संलग्नलाई पक्राउ गर्न सरकारले चासो नदेखाएको भन्दै पत्रकारहरुले कार्यक्रम बहिष्कार गरेका हुन् ।

यसैबीच नेपाल पत्रकार माहासंघ बाराले दोस्रो चरणको आन्दोलन अन्तरगत बिहीबार कलैयामा सम्पादक, प्रकाशक र सञ्चारकर्मीहरुसँग अन्र्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रियामा सहभागिता वक्ताहरुले ढकालमाथि भएको आक्रमणमा संलग्नहरुलाई कारवाही गराउन सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । उनीहरुले सरकार र जिम्मेवार राजनीतिक दल सञ्चारकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारवाही गर्न गम्भीर नदेखिएको धारणा राखे ।

0 comments:

Post a Comment

 
Top