Menu


.

राजेन्द्र न्यौपाने
 जेठ  ७ गोरखा। गोरखा जिल्लामा यस वर्षको एस. एल. सीं परीक्षामा जिल्लामा रहेका नव जागृति चण्डी उ.मा.वि. अश्राङ, सरस्वती उ.मा.वि. बोर्लाङ, महेन्द्र उ.मा.वि. कुन्दुरटार, रामशाह मा.वि. देउराली, चम्पावती मा.वि. हर्मी, पाटनदेवी मा.वि. बोर्लाङ, बुद्ध मा.वि. सिर्दीवास सामुदायिक विद्यालय र संस्थागत तर्फ ओल्ड क्यापिटल उ.मा.वि. रानीवन, सेन्ट जोसेफ मा.वि. ११ किलोका सबै विद्यार्थीहरु उतीर्ण भएका हुन् ।

थुमीमा रहेको गणेश मा.वि.का कुनै पनि विद्यार्थीहरु उतीर्ण हुन सकेका छैनन । भने जिल्लामा ३७ जना विशिष्ट श्रेणी, १०३५ जना प्रथम श्रेणी, २२०६ जना द्धितिय श्रेणी र ५५ जना तृतीय श्रेणीमा उर्तीण भएका छन् । कुल ४३१७ जनामा ३३३३ जना उर्तीण भएको जिल्ला शिक्षा अधिकारी लोकनाथ पौडेलले बताउनुभयो ।

देशभरी भएको प्रतिशतको तुलनामा गोरखाको परीक्षाफल सन्तोषजनक रहेको शिक्षा अधिकार ी पौडेलले बताउनुभयो । विद्यार्थी, अभिभावक र शिक्षकको मेहनतबाट सन्तोषजनक भएप िराजनैतिक अस्थिरताका कारण विद्यार्थीको शैक्षिक माहौलमा प्रभाव भने परेको बताउनुभयो । 

0 comments:

Post a Comment

 
Top