Menu


.

असार १३ काठमाडौं । सरकारले भोली मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।
गृहमन्त्रालयले आज सूचना जारी गरेर भोली राजधानीमा रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले बिदा दिएको जनाएको छ । भोली भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक निकायका पदाधिकारीहरु सहभागी हुने कार्यक्रम छ । १२ वर्षसम्म पानी नपरी सुख्खा भई अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामय मत्स्येन्द्रनाथलाई आसामको कामरुपाकामख्याबाट ल्याएको भन्ने भनाइ रहेको छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ ।

0 comments:

Post a Comment

 
Top