Menu


.

असार ११ काठमाडौं । कन्ट्रोल कक्षबाट बिमानलाई निर्देशन दिने भिओआर बिग्रिएपछि त्रिभुवन बिमानस्थलको अन्तर्राष्ट्रिय सेवा आज झण्डै चार घण्टासम्म अबरुद्ध भएको छ । बिहान सवा ९ बजे अचानक भिओआर बिग्रिएपछि अवरुद्ध भएको अन्तर्राष्ट्रिय उडान र अवतरण मध्यान्हपछि संचालनमा आएको छ । अवतरण ठप्प भएपछि तीन अन्तर्राष्ट्रिय उडान अन्यत्रै डाइभर्ट गरिएको थियो । मुम्बईबाट आएको जेट एयरवेजको विमान लखनउ विमानस्थल, एयर चाइना ल्हास्सा र इस्पाइस जेट दिल्ली डाइभर्ट भएका थिए ।

दुई महिना अघि मात्रै परिवर्तन गरिएको भिओआर अचानक बिग्रिएको बिमानस्थलले जनाएको छ । यसअघि गत मंगलबार पनि बिमानस्थलको धावनमार्ग भत्किएका कारण आज झण्डै चार घण्टा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको थियो । देशको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल पटक पटक बन्द हुंदा अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जती भएको छ ।

0 comments:

Post a Comment

 
Top