Menu


.

असार १५ काठमाडौं
सुरक्षा अवस्था र भावी रणनीति तयार गर्ने उदेश्यले आजदेखि पूर्वाञ्चाल अन्तरगतका जिल्लाहरुको सवै सुरक्षा प्रमुखको भेला आजदेखि विराटनगरमा सुरु भएको छ ।
आज र भोली दुई दिन सम्म चल्ने सुरक्षा भेलामा सुरक्षा अधिकारीहरुले आआफ्नो जिम्मेवारीमा रहेको सुरक्षा अवस्थाका सम्बन्धमा प्रतिवेदन पेश गर्ने छन् । उनिहरुको धारणा र सुझावमा रहेर गृहमन्त्रालयले मुलुकको भावी सुरक्षा योजना तर्जुमा गर्ने छ ।
गृहमन्त्री कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको भेलामा गृहसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, प्रमुख जिल्ला अधिकारीहरु लगायतको सहभागिता रहेको मोरङ प्रशासनले जनाएको छ ।
गृहमन्त्री महराले उद्घाटन गर्नुभएको पूर्वाञ्चाल सुरक्षा भेलाको स्थानिय पत्रकारहरुले बहिष्कार गरेका छन् । उनिहरुले पत्रकार माथि कुटपिट गर्ने युवा संघ मोरङ उपाध्यक्ष पर्शुराम बस्नेतलाई पक्राउ नगरेको भन्दै उद्घाटन कार्यक्रम मात्रै बहिष्कार गरेका हुन् । 

0 comments:

Post a Comment

 
Top