Menu


.

असार ११ काठमाडौं । प्रधानमन्त्री झलनाथ खनालले आफु राष्ट्रिय सहमतिको पक्षमा रहेको दोहो¥याउनुभएको छ ।राजधनीमा आज हिमालपारी सिमा व्यापार संघको ११ औ साधारण सभामा बोल्दै प्रधानमन्त्री खनालले सहमतिका लागि दलहरुलाई आग्रह गर्नुभयो । सरकार इमान्दारिताका साथ अघि बढिरहेको बताउदै प्रधानमन्त्री खनालले आफु सधै सहमतिको पक्षमा रहेको बताउनुभयो ।

समयमै शान्ति र संविधान निर्माण कार्यलाई पुरा नगर्ने हो भने देश गम्भीर खाल्डोमा फस्ने खतरा रहेको प्रधानमन्त्रीले बताउनु भयो । देश अत्यन्तै संक्रमणकालबाट गुर्जिएको भन्दै उहांले अहिलेको चुनौतीलाई सामना गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

राजनीतिक गतिरोधका कारण आर्थिक बिकास हुन नसकेको भन्दै प्रधानमन्त्री खनालले शान्ति र संविधानको कार्यभारलाई पुरा गरेमा देश आफै आर्थिक उन्नतिमा लाग्ने बताउनुभयो ।  प्रधानमन्त्री खनालले चीनको सिमा क्ष्ँेत्रमा राजमार्ग तथा नाका खोल्न सरकार गम्भीर भएर लागी परेको जानकारी दिनुभयो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री अग्नी सापकोटाले तीन दलबीचको ५ वुंदे सम्झौतालाई सरकारले इमान्दारिता पूर्वक पालना गर्ने बताउनुभयो । ५ वुंदेको अपव्याख्या गरिएको भन्दै संचारमन्त्री सापकोटाले सहमति कायम नहुन्जेल प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पार्नुभयो । सहमतिका लागि दलहरु गम्भीर नदेखिएको मन्त्री सापकोटाको आरोप छ ।

0 comments:

Post a Comment

 
Top