Menu


.

असार ७ भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि विद्यार्थीको मार्कसिटसँगै प्रोभिजनल सर्टिफिकेट पनि वितरण गर्ने भएको छ । विगतका वर्षहरुमा परीक्षाफल प्रकाशित भएको दुईसातामा मार्कसिट र छ महिनापछि ‘प्रोभिजनल सर्टिफिकेट’ पठाइने गरेकामा यसवर्षदेखि विद्यार्थीलाई सहज बनाउन कार्यालयले सँगसँगै ‘मार्कसिट’ र ‘प्रोभिजनल  सर्टिफिकेट’ पठाउन लागेको हो । कार्यालयका उपनियन्त्रक डिल्लीराम लुइँटेलले बताउनुभयो । मार्कसिट’ र ‘प्रोभिजनल सर्टिफिकेट’ फरक–फरक समयमा पठाउँदा विद्यार्थीले ‘मार्कसिट’ लैजाने तर ‘प्रोभिजनल सर्टिफिकेट’ लिन नआउने गरेकाले ‘प्रोभिजनल सर्टिफिकेट’ जिल्लामै थन्किएर बसेको हुँदा यस वर्षदेखिसँगै पठाउन सुरु गर्न लागेको हो ।

0 comments:

Post a Comment

 
Top