Menu


.

असार ११ हेटौडा। उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको पछिल्लो पटक थपिएको तीन महिने समयभित्रै संविधानको एकीकृत मस्यौदा आउने बताउनुभएको छ ।रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले आज हेटौडामा आयोजना गरेको साक्षात्कारमा उपराष्ट्रपति झाले पछिल्लो समयमा दलहरुवीच सहमतिको बातावरण बन्दै गएकोले थपिएकै समयमा संविधानको पहिलो एकीकृत मस्यौदा आउने दावी गर्नुभएको हो ।

उपराष्ट्रपति झाले बजेटमा दलहरुवीच भएको समझदारीले सहमतिको सकारात्मक बातावरण बनाएको भन्दै थपिएको समयमा संविधानको पनि एकीकृत मस्यौदा आउनेमा विश्वास लागेको बताउनुभयो ।दलहरु नै मुलुकको भविष्य निर्धारण गर्ने असली खेलाडी भएको उल्लेख गर्दै उपराष्ट्रपति झाले राष्ट्रपति र उपराष्ट्रपतिले त केवल अभिभावकको भूमिका मात्रै निर्वाह गर्ने बताउनुभयो ।

उहांले फ्रेन्च, अमेरिकी वा बेलायती कुन मोडलको शासन प्रणालीमा जाने भन्ने विषय दलहरुकै सहमतिको विषय भएको भन्दै दलहरुलाई छिटो विवादको हल खोज्न सुझावदिनु भएको छ ।

0 comments:

Post a Comment

 
Top