Menu


.

असार १२ काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसले सरकारले संसदमा पेश गरेको विनियोजन
विधेयकका सिद्धान्त र प्राथमिकता दिशाहीन भएको आरोप लगाएको छ । उत्पादनमुखी भन्दा पनि उपभोगमूखी बजेट ल्याउने छनक मिलेको भन्दै काङ्गे्रसले उपभोगमा नभई उत्पादन र पूजी निर्माणको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतावारे व्यवस्थापिका संसदमा दोस्रो दिनको छलफलमा भाग लिंदै कांग्रेस नेता एवं पूर्व–अर्थमन्त्री डा.रामशरण महतले सरकारले संसदमा पेश गरेको बजेटका प्राथमिकताले मुलुकको
आर्थिक समस्या संवोधन गर्न नसक्ने आरोप लगाउनुभएको हो । ऊर्जा संकट, भुक्तानी सन्तुलन घाटा, खाद्यान्न आयात, मूल्यबृद्धि, लगानीको वाताबरण नभएपनि यसलाई संवोधन गर्नेवारे बजेटका सिद्धान्तमा नपाइएको महतको आरोप थियो । काङ्गे्रसले सरकार छाड्दा साढे ५ प्रतिशतको आर्थिक बृद्धिदर रहेपनि तीन बर्षमा २७ महिनादेखि भुक्तानी सन्तुलन निरन्तर घाटामा गएको तथा तीनबर्ष अघि नौ सयको विन्दुमा पुगेको शेयर बजारमा नेप्से ३ सय ५० मा झरेको स्मरण गर्दै महतले यस्तो आर्थिक भयावहलाई संवोधन गर्ने कार्यक्रम नआएकोमा आलोचना गर्नुभयो । महतले अर्थतन्त्रमा ८५ प्रतिसतमा रहेको निजि क्षेत्र र १ प्रतिसत योगदान गरेको सहकारीलाइ समान आँखाले हेरेको आरोप लगाउनुभयो । सरकारी क्षेत्रमा ठूला व्याङ्क भएपनि सरकारले ऊर्जा विकास बैंक स्थापना गर्नु अर्को संकट निम्त्याउने काम भएको दावी गर्दै महतले सरकारले समेत शेयर लगानी गर्ने गरी निजि वैंक
खोल्नु उचित हुने बताउनुभयो । महतले ठूला भौतिक पूर्वाधार विकास, काठमाण्डौ–तराइ फाष्ट–ट्र्याक, मध्यपहाडि राजमार्ग, अन्तराष्ट्रिय विमानस्थल लगायतमा लगानि गर्न सरकारलाइ सुझाव दिनुभयो ।
छलफलमा एकीकृत नेकपा माओवादीका नन्दकुमार प्रसाईले कृषिमा उत्पादन बढाउन बजेटमा कृषकलाइ रासायनिक मलमा अनुदानको व्यबस्थागर्न माग गर्नुभयो । उहाँले कृषिमा उत्पादकत्व बृद्धिगर्न स्वदेशमै रासायनिक मल कार्खाना खोल्नुपर्ने बताउनुभयो । नेकपा एमालेका भीम रावलले सुदुर पश्चिम र कर्णलीका पिछडिएका जनताकालागि विशेष कार्यक्रम ल्याउन माग गर्नुभयो । उहाँले द्वन्दकालमा ध्वस्त भएका भौतिक पूर्वाधारको पुर्ननिर्माणलाइ बजेटको प्राथमिकतामा राख्न माग गर्नुभयो । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका डा.तिलक रावलले प्रधानमन्त्रीले राजीनामा गर्ने सहमति भइसकेको र सरकारले नयाँ बजेट नल्याएको भए उचित हुने दावी गर्नुभयो । जर्जर अबस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई उकास्न पहिला राजनीतिक बिषयमा समाधान गर्नुपर्ने स्मरण गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकारले मात्र नयाँ कार्यक्रम सहितको बजेट ल्याउनुपर्ने बताउनुभयो । सम्पूर्ण निर्यात व्यापारवाट आर्जित रकम पेट्रोलियम पदार्थको आयातमा खर्च भएको अबस्थामा निर्यात बद्धितर्फ सरकारले केहि नगरेको आरोप लगाउनुभयो । तराइ मधेश लोकतान्त्रिक पार्टीका हृदयश त्रिपाठीले मधेश विरोधी सिद्धान्त र प्राथमिकता साथ आउने बजेट पारितगर्न नदिनेचेताबनी दिनुभयो । उहाँले वर्तमान सरकार मधेशप्रति अनुदार रहेको जीकिरगर्दै सरकारले कृषि सामाग्रीमा हदभन्दा बढि व्याजदर लिएर किसानलाइ अन्याय गरेको आरोप लगाउनुभयो । बजेटका सिद्धान्त वितरणमूखी र बहुमुखी बजेटको तयारी स्वरुप आएको आरोप लगाउदै उहाँले भागवण्डाको भरमा आउने बजेटले देशलाइ भलाइ नगर्ने जीकिर गर्नुभयो ।

0 comments:

Post a Comment

 
Top