Menu


.


 असार १५ 
आज असार १५ दहि चिउरा खादै रोपाई गर्ने दिन । मध्य रोपाईको समय हो असार पन्ध्र भनेको ।  यस वर्ष समयमै पानी परेको कारण कृषकहरुलाई मानो खाएर मुरी उव्जाउन समयले खुव साथ दिएको छ । त्यस्तै आज आठौ राष्ट्रिय धान दिवस ।
 धान दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिँदै छ । कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले नेपाल सरकारले २०६० सालदेखि असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । यसपालीको धान दिवसको नारा धान उत्पादनमा बृद्धि र कृषि पर्यटनमा समृद्धि भन्ने रहेको छ । 

अघिल्ला बर्षहरुमा एक दिनमात्रै यो दिवस मनाउने गरिएपनि यसपाली भने सप्ताहव्यापी रुपमा मनाउने निर्णय कृषि तथा सहकारी मन्त्रालयले गरेको छ । मुल बालीको रुपमा रहेको धानले कुल ग्राहस्थ उत्पादनमा २३ प्रतिशत हिस्सा ओगटेको छ भने नेपालमा १५ लाख हेक्टर जमिनमा धान खेति हुँदै आएको छ । नेपालमा विभिन्न ६९ जातका धानको खेति हुन्छ ।

0 comments:

Post a Comment

 
Top