Menu


.

 साउन १५ काठमाडौं । प्रधानमन्त्री झलनाथ  खनालले मन्त्रीहरुलाई सपथ गराउने वा नगराउने भन्ने बिषय आफ्नो बिशेषाधिकार भित्र पर्ने बताउनुभएको छ ।आफ्नै सरकारी निवास बालुवाटारमा आइतबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री खनालले सपथ गराउने बिषय बिशेषाधिकार भित्रपर्ने बताउनुभयो । उहाँले माओवादीले सिफारीस गरेको नयाँ मन्त्रीलाई सपथ गराउने संकेत गर्नुभएको छ ।

एमालेको स्थायी समितिले माओवादीका नयाँ मन्त्रीलाई सपथ गराउन हुँदैन भनेर कुनैपनि निर्णय नगरेको उहाँले बताउनुभएको छ । यस अघि एमालेको स्थायी समितिले सपथ गराउन नहुने निर्णय गरेको समाचार सार्वजनिक भएको थियो ।

संभवत भोली सोमबार एघार वजे प्रधानमन्त्री खनालले माओवादीका नयाँ मन्त्री मध्य केहीलाई सपथ गराउने संकेत गर्नुभएको छ । संयुक्त गठबन्धनको सरकार संकटमा पर्ने खतरा बढेपछि खनालले माओवादी मन्त्रीलाई सपथ गराउन लाग्नुभएको हो ।

0 comments:

Post a Comment

 
Top