Menu


.

दीपक धिताल
 असार २५ काभ्रेपलाञ्चोक।  नेकपा एमालेको धुलिखेलमा राष्ट्रिय भेला हुने भएको छ ।एमाले काभ्रेले शनिबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी भइरहेको जनाएको छ ।एमाले संगठन बिभागको आयोजना, जिल्ला कमिटि काभ्रेको समन्वयमा आउँदो साउन ७ र ८ गते धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा राष्टिय भेला हुन लागेको हो । 

भेलामा पार्टी अध्यक्ष झलनाथ खनाल, पार्टीका सबै बरिष्ठ नेता सहित केन्द्रीय पदाधिकारीहरु, २० वटा केन्द्रीय विभागका प्रमुखहरु, २० वटा केन्द्रीय फाँटका ईञ्र्चाजहरु, १६ वटा अञ्चल कमिटिका संयोजक तथा सचिवहरु र ७५ वटा भौगोलिक जिल्ला कमिटी तथा विभिन्न पेशागत तथा विशेष १८ जिल्ला कमिटि गरि ९३ जिल्ला अध्यक्षहरु समेत करिब २ सय जनाको सहभागीता रहने एमाले काभ्रेले जानकारी दिएको छ ।भेलामा पार्टीको आन्तरिक जिवन , महाधिवेशन पुरा भएको अढाई वर्षका बिचमा उठेका राजनैतिक विषय, राष्ट्रिय राजनीतिमा एमालेको भूमिका र रणनीति लगायतका विषयमा पनि भेला केन्द्रीत रहने केन्द्रीय सदस्य तथा बिद्यार्थी इन्चार्ज भानुभक्त ढकाल ले जानकारी दिनुभयो ।

पार्टी जिल्ला कमिटीले उक्त बैठकलाई भब्य र ब्यबस्थित बनाउनका लागी पार्टी जिल्ला कमिटी अध्यक्ष गोकुल बास्कोटाको संयोजकत्वमा १ सय ८५ सदस्यीय मुल ब्यवस्थापन कमिटी गठन गरेको छ । कमिटीमा, जिल्ला कमिटी, सल्लाहार कमिटी, चारवटै क्षेत्रिय कमिटीका पदाधिकारी, तीन वटै नगर कमिटीका पदाधिकारी,जनसंगठनका जिल्ला कमिटीका पदाधिकारी,जिल्लाका अञ्चल कमिटीका पदाधिकारी, जन संगठनका जिल्ला कमीटी पदाधिकारीहरु, जिल्लाका अंचल कमिटि सदस्यहरु ,राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य र सभासद्हरु रहने जनाईएको  छ  । 

मूल ब्यबस्थान कमिटि अन्तर्गत कार्यक्रमलाई ब्यबस्थित गर्न अध्यक्ष बास्कोटाको संयोजकत्वमा आथिर्क उपसमिति , उपाध्यक्ष रामहरी सुबेदीको संयोजकत्वमा प्रचार प्रसार तथा जनपरिचालन उपसमिति , उप सचिव अशोक व्यांजुको संयोजकत्वमा खाना , आवास तथा हल व्यबस्थापन उप समिति र सचिवालय सदस्य कन्चन अधिकारीको संयोजकत्वमा स्वयंसेवक उपसमिति गठन गरिएको छ ।

उपसमितीका बैठकहरुबाट व्यबस्थित कार्ययोजना निमाँण गरी कार्यआरम्भ समेत गरीसकिएको सम्मेलनमा जानकारी दिइएको थियो ।नेपाली काँग्रेसले पनि गत जेठ २८ र २९ गते जिल्ला सभापतिहरुको राष्ट«िय भेला धुलिखेलमानै गरेको थियो ।


0 comments:

Post a Comment

 
Top