Menu


.

 साउन १० काठमाडौँ। नेपाली काङ्ग्रेसले पाँच बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले आज पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध गरेको छ । मुख्य प्रतिपक्षी दलले बैठकको कुनै पनि कारवाही अगाडि नबढाउन आग्रह गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङले आजका लागि निर्धारित सबै कार्यसूची हटाउँदै बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । 

आजको संसद बैठक सुरु हुनासाथ काङ्ग्रेस महामन्त्री प्रकाशमान सिंहले बजेट प्रस्तुत गर्न मात्रै आफूहरुले सरकारले संसदको सन्चालन गर्न दिएको भन्दै अब पाँच बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक निरन्तर अवरुद्ध पार्ने चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्री झलनाथ खनालले पदबाट राजीनामा दिएर राष्ट्रिय सरकार, शान्ति र संविधान लेखनको प्रक्रिया अगाडि बढाउन मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो । 

पाँचबुँदे सहमति अनुसार प्रधानमन्त्रीलाई राजीनामा दिन लगाएर सहमतिको वातावरण बनाउनुपर्ने ठाउँमा सत्ताको मुख्य घटना एकीकृत नेकपा माओवादीले यही सरकारलाई निरन्तरता दिने उद्देश्यले पार्टीको तर्फबाट नयाँ टोली पठाउने लागेको प्रति महामन्त्री सिंहले आपत्ति जनाउनुभयो ।

यसअघि आजै बसेको नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठकले पाँचबुँदे सहमति कार्यान्वयनका लागि आवश्यक दबाब दिइरहन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो ।

0 comments:

Post a Comment

 
Top