Menu


.

 साउन १२ काठमाडौ। सरकारमा एमालेका तर्फबाट सहभागी सिचाई मन्त्री रघुवीर महासेठले माओवादीका तर्फ सिफारिस नेताहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सपथ गराउने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने–सरकारमा पार्टीका तर्फबाट सहभागी कसलाई फिर्ता बोलाउने कसलाई पठाउने भन्ने कुरा माओवादीको अधिकारको कुरा हो । यसलाई मान्दिन भन्नु गैर जिम्मेवार कुरा हो ।

सरकारबाट फिर्ता बोलाउने र पठाउने अधिकार माओवादीको अधिकारमा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै प्रधानमन्त्रीले पनि आफ्नो विषेस अधिकारको प्रयोग गरी सपथ गराउनु पर्ने धारणा उनले राखे । एमालेले पनि सपथको विपक्षमा नरहेको स्पष्ट पार्दै केवल प्रतिपक्षीको सर्मथनमात्र लिन खोजेको दावी गरे ।

काग्रेस र माओवादी वीच सहमतिको सरकारको साझा उमेदवार तय नभएसम्म प्रधानमन्त्री झलनाथ खनालले कुनै पनि हालतमा राजिनामा नदिने दावी गर्दै प्रधानमन्त्रीले राजिनामा दिए शान्ति र संविधान निर्माणको कार्य प्रभावित हुने चेतावनी दिए।

काग्रेसले पाँच बुँदे सहमतिको गलत ब्याख्या गरेको आरोप लगाउँदै पाँच बुँदे भित्र सहमतिको विकल्पपछि प्रधानमन्त्रीले राजिनामा दिने कुरा भएकोमा काग्रेसले त्यसलाई विर्सेको दावी गरे ।


0 comments:

Post a Comment

 
Top