Menu


.

 असार २६ सिन्धुली।  चुरे क्षेत्रको भु–क्षय नियन्त्रण गर्न राष्ट्रपतिको नाम दिएर वन तथा भुसंरक्षण मन्त्रालयले अघिसारेको राष्ट्रपति चुरे कार्यक्रम सिन्धुली जिल्लामा प्रभावकारी भएको जिल्ला वन कार्यालयले जनाएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले भु–क्षय नियन्त्रण र आय आर्जनलाई समेट्ने भएकोले कृषकहरुको सो कार्यक्रम प्रति आकर्सित भएको जिल्ला वन कार्यालयले जनाएको छ । 

चुरे क्षेत्रको भु–क्षय नियन्त्रण र आय–आर्जन कार्यक्रम संचालन गर्न सिन्धुली जिल्लाको शिद्धेश्वर ,भिमान ,दुधौली, पिपलमाढी,महादेवस्थान,हर्षाही,रानिवास,कल्पवृक्ष,जरायोटार तथा वेलघारी रेन्जपोष्ट अन्तरगत राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागु गरिएको छ चुरे क्षेत्रको भु क्षय नियन्त्रणमा वाँस अमृसो प्रभावकारी हुने र वाँस अमृसोवाट कृषकले आय–आर्जकका कामहरु संचालन गर्न सक्ने राष्ट्रपति चुरे संक्षरण कार्यक्रमको मुख्य उदेश्य रहेको जिल्ला वन अधिकृत यादव धितालले वताए । 

कार्यक्रमको उदेश्य अनुसार जिल्लाको विभिन्न सामुदायीक वन क्षेत्र भित्र ४० हजार भन्दा वढी अम्रीसो रोपीएको छ भने दश हजार वाँसका विरुवा रोपीएको वन अधिकृत धितालले वताए ।मकवानपुर देखी उदयपुर जिल्ला सम्म फैलिएको सिन्धुली जिल्लाको चुरे क्षेत्रवाट प्रत्येक वर्ष वर्षादको समयमा गएको पहिरोले तराइका खेती योग्य जमिन वगरमा परिणत गर्ने गरेको छ ।

0 comments:

Post a Comment

 
Top