Menu


.


उदयपुर २७ असार

उदयपुर जिल्लामा २ बालिका सहित चार जनाको सामूहिक हत्या गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम गाईघाटबाट २२ कोष उत्तरपश्चिममा पर्ने ठानागाउं गाविस वडा नम्वर-५ थुम्की गाउंमा एक साता अघि दुई बालिका सहित एकै परिवारका चार जनाको सामूहिक हत्या गरेको आशंकामा स्थानिय ललित राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईले मादकपदार्थको अत्याधिक सेवन गरेकाले आवेगमा आएर उनीहरुको हत्या गरेको प्रहरीसामु साबिती बयान दिएका एक प्रहरीले जनाएका छन् ।
पक्षघातबाट पीडित ५० वर्षीय खेसरबहादुर मगर उहांकी पत्नी बोल्न नसक्ने ४० वर्षीया हर्कमाया मगर छोरीहरु १० वर्षीया राजु मगर र ५ वर्षीया प्रेमी मगरको हत्या भएको थियो । छिमेकी राईले उनीहरु सुतिरहेका बेला घरमा प्रवेश गरेर खेसरबहादुरको ११ महिनाको छोरा बाहेक पांच जनामाथि धारिलो हतियार प्रहार गरेको प्रहरी स्रोतले उल्लेख गरेको छ ।

0 comments:

Post a Comment

 
Top