Menu


.

 साउन  ११ काठमाडौं । एकीकृत नेकपा माओवादीले मन्त्रीमण्डल पुर्नगठन गर्ने पार्टीको प्रस्ताव फिर्ता नहुने अडान लिएको छ ।एमाले वार्ता टोलीसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमति नबन्दासम्मका लागि मन्त्रीमण्डल पुर्नगठन गर्ने पार्टी निर्णयबाट पछि हटन नसकिने प्रष्टयाउनु भएको हो । यता एमालेले भने मन्त्री मण्डल पुर्नगठन गर्ने प्रस्ताव पाच बुदे सहमति विपरित भएको भन्दै फिर्ता लिन पुृन आग्रह गरेको थियो ।

पुतलीसडकस्थित एमाले निकट मजदुर संगठन जिफन्टमा सत्ता साझेदार दुइ दलका नेताहरुबीच मन्त्रिमण्डल पुर्नगठन गर्ने प्रस्तावमा केन्द्रित रहेर मुलुकको पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल भएको हो । माओवादीले मन्त्री मण्डल पुर्नगठन गर्ने प्रस्ताव फिर्ता लिन अस्विकार गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनु भयो ।

माओवादी हठका कारण शान्ति र संविधान निर्माण कार्य अघि बढन नसकेको नेता केपी ओलीले आरोप लगाउनु भयो । उहाले राष्ट्रिय सहमतिको आधार भत्काउन नदिन समेत पुर्नगठनको प्रस्ताव कार्यन्वयन गराउन नदिने दोहो¥याउनु भयो ।

शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको वातावरण बनाउन गठित वरिष्ठ नेता माधव कुमार नेतृत्वको टोलीले माओवादी अध्यक्ष दाहालसँग पछिल्लो राजनीतिक अवस्थामा बारेमा छलफल गरेको हो । छलफलमा नेताहरुबीच शान्ति र संविधान निर्माण कार्य तत्काल सुचारु गराउने विषयमा भने सैद्धान्तिक सहमति भएको थियो ।

0 comments:

Post a Comment

 
Top