Menu


.

 साउन १४ काठमाडौं । प्रमुख सत्तासाझेदार एकीकृत माओवादीले आफुले सिफारीस गरेका नयाँ मन्त्रीहरुलाई सपथ नगराए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दोहराएको छ । माओवादी स्थायी समितिको आज पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले नयाँ मन्त्रीहरुलाई सपथ नगराएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्मको निर्णय गर्न सक्ने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । यसका लागि भोली पुनः बस्ने बैठकले निर्णय गर्ने छ ।

बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री झलनाथ खनालले माओवादीले सिफारीस गरेका नयाँ मन्त्रीहरुलाई भोली आईतवार सम्म सपथ नगराएमा समर्थन फिर्ता लिने सम्मको निर्णय गरिने जानकारी दिनुभयो ।

त्यस अघि माओवादी सरकारमा सहभागी सबै मन्त्रीहरुको राजीनामा आजै प्रधानमन्त्री खनालाई बुझाउने निर्णय पनि स्थायी समितिले जनाएको छ । यस अघि उप–प्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा र सञ्चार मन्त्री अग्नी सापकोटाले राजीनामा दिई सक्नुभएको छ ।

माओवादीले आफ्नो आन्तरीक बिवाद समाधान गर्न सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा नयाँ २४ जनाको जम्बो मन्त्रीहरु नाम पठाएको छ । यद्यपी प्रधानमन्त्री खनालले नयाँ माओवादी मन्त्रीहरुलाई सपथ गराउन मान्नुभएको छैन ।

0 comments:

Post a Comment

 
Top