Menu


.

 साउन  १४ काठमाडौँ । पाँच वुँदे सहमति अनुसार राजीनामा दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री झलनाथ खनाललाई आग्रह गरेको छ ।कांग्रेसका शीर्ष नेताहरुले खनालसंग आज विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर यस्तो आग्रह गरेका हुन् । 

 कांग्रेसले राजीनामा नदिएसम्म संसद वैठक चल्न नदिने जानकारी समेत खनाललाई गराएको छ । छलफलमा कांग्रेसले क्याविनेट मन्त्रीलाई मात्रै भए पनि शपथ गराउन माओवादीले गरेको प्रस्तावमा प्रधानमन्त्री खनालको जवाफ मागेका थिए ।

मन्त्रिमण्डल पुनर्गठन गरे कांग्रेसले सहमतिको वातावरण विग्रिने चेतावनी दिएको छ । जवाफमा प्रधानमन्त्री खनालले आफू शान्ति प्रक्रियाप्रति चिन्तित रहेको वताउनु भएको छलफलमा सहभागी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्री खनालले नयाँ मन्त्रीको शपथ आफ्नो प्राथमिकतामा नरहेको जानकारी गराउनुभएको वताउनुभयो ।

कांग्रेसले प्रधानमनत्री खनालको राजीनामा माग्दै नियमित रुपमा संसद वैठक अवरोध गर्दै आएको छ । वैठकमा प्रधानमन्त्री खनालले संसद अवरोध नगरी वजेट पारित गराउन सहयोग गर्न आग्रह गर्नु भएको थियो।

भेटमा शान्ति प्रक्रिया, संविधान लेखन, संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका साथै विश्वविद्ययालयहरुमा उपकुलपति नियुक्ति गर्ने विषयमा समेत छलफल भएको पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री खनालसँगको छलफलमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

0 comments:

Post a Comment

 
Top