Menu


.




             एसवी गौतम,१२ साउन, सिन्धुली

 नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाले अहिले सम्म जिल्लामा ग्राहकबाट वक्यौता रकम रु। १ करोड ७१ लाख भन्दा बढि असुल्न वाँकी  रहेको जनाएको छ । जिल्ला स्थित राजनैतिक दलका कार्यालय र सरकारी कार्यालयबाट सो रकम असुल हुन बाँकी रहेको प्रधिकारणका सुपरभाइजर लालवहादुर लामाले जानकारी दिएका छन्  ।


 लामाका अनुसार बक्यौता रकम मध्ये जनमुक्ति सेनाको दास्रो डिभिजन कार्यालय दुधौलीले २७ लाख १६ हजार ४ सय ९१ र सहायक शिविरहरु रानिवास र खयरमाराले क्रमश ः१९ लाख ८ हजार १ सय १० र  २४ लाख ४५ हजार ७ सय ५० रकम वक्यौता रहेको वताउनुभयो ।

 त्यसैगरी सरकारी कार्यालयहरुमा कमलामाई नगरपालिकासडक बत्ति बापत  ६४ लाख ५६ हजार ७ सय ५९ जिल्ला वन कार्यालय बाट रुं ३२ हजार ४ सय ४२ जिल्ला अस्पताल बाट  २ लाख ३० हजार ८ सय ७८ जिल्ला कारागार बाट  ३ लाख १ हजार ५ सय ५२ रुपैया जिल्ला जनस्वास्थ्य कार्यालयले २ लाख ५३ हजार १ सय ८३जिल्ला स्वास्थ्य कार्यालयको २५ हजार ५ सय ९६ दुधौली उपस्वास्थ्य केन्द्रले २४ हजार ६ सय ४६  डाडी गुराँसे स्वास्थ्य केन्द्र ३ हजार ६ सय ८२ जिल्ला अदालत ३० हजार ८ सय ५१ जिल्ला विकास समिति १ हजार ३ सय ४१ स्थानीय स्वयतशासन २ हजार १ सय ३०  जलउत्पन्न प्रकोप नियन्त्रण केन्द्र ७ हजार ५ सय ५६ कमलाइलाका वन कार्यालय ४१ हजार ६३ भिमान स्वास्थ्य चौकी ६३ हजार २ सय ५२  इलाका प्रहरी कार्यालय भिमान ३ हजार ३ सय ७४ रानीवास गाविस ६ हजार १ सय ४६ र रानीवास रेन्जपोष्टको ९ हजार ३ सय ९४ रुपैया बक्यौता रहेको विद्युत प्रधिकरण शाखा सिन्धुलीले जनाएको छ । बक्यौता रकम असुलीका लागि प्रधिकरणले ग्राहकलाई पत्रचार गरेको छ ।

 कतिपय कार्यलयहरुले मन्त्रालय मार्फत बिद्युत महसुल तिर्ने गरेकाले पनि विद्युत काटेर कारवाही गर्न नसकिएको उहाँले वताउनुभयो । नयाँ भवन वनाउदा ठेकदारले विद्युत प्रयोग गरेको हुनाले प्राधिकरणलाई पैसापनि ठेकदारले नै तिर्नु पर्ने भएकाले वक्यौता रहन गएके जिल्ला अदालत सिन्धुलीका न्यायधिश हरिशचन्द्र ढुङ्गानाले वताउनुभयो । यदी ठेकदारले नतिरेमा उनको केही रकम अदालतमै रहेकोले त्यसैवाट कटौती गरी प्राधिकरणलाई दिने ढुङ्गानाले वताउनुभयो ।

0 comments:

Post a Comment

 
Top