Menu


.


असार २५ काठमाडौं ।यस वर्षको एसएलसी परीक्षामा सिन्धुलीबाट उत्कृष्ट हुने विद्यार्थीलाई शनिबार राजधानीमा एक कार्यक्रमका बीच एमाले नेता शंकर पोखरेलले सम्मान तथा पुरस्कृत गरेका छन् । एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा भएको कार्यक्रममा सिन्धुलीबाट ९१ दशमलव ६२ प्रतिशत अंक ल्याई जिल्ला प्रथम हुने टीकादत्त पहाडी, ८८ दशमलव ७५ प्रतिशत अंक ल्याई छात्रातर्फ जिल्ला प्रथम हुने प्रनिसा कार्की, ८९ दशमलव ७५ प्रतिशत अंक ल्याई सामुदायिक विद्यालयबाट जिल्ला प्रथम हुने अनिष ढकाल, काठमाडौंमा अध्ययन गर्ने सिन्धलीवासी विद्यार्थीबाट उत्कृष्ट हुने असिम अधिकारी, उच्च माविमा विज्ञान विषयमा बोर्ड सेकेन्ड हुने रुकेस कर्माचार्य र किड क्विन प्रतियोगिता २०११ मा विजयी सल्बता घिमिरेलाई सम्मान तथा पुरस्कार दिइएको थियो ।

कार्यक्रममा एमाले नेता भानुभक्त ढकाल, सभासद् विषमलाल अधिकारी, अनेरास्ववियु अध्यक्ष माधव ढुंगेल, शिक्षाविद् गोविन्द गजुरेल,जनकपुर अञ्चल सम्पर्क कमिटीका उपाध्यक्ष हरिकृष्ण ठकुरी, मञ्चका अध्यक्ष तारानिधि पोखरेलले एसएलसी उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिँदै विद्यार्थीलाई विदेश पलायन गराउने शिक्षा होइन र ोजगारीमुखी र देश बनाउने शिक्षाको आवश्यकता रहेको बताए ।

 कार्यक्रममा सिन्धुलीवासी संलग्न कलेजका तर्फबाट क्यासपियन भ्याली कलेजका प्राचार्य तीर्थ पोखरेल, लिभरपुल इन्टरनेसनल कलेजका महानिर्देशक गोविन्द घिमिरे, माइलस्टोन इन्टरनेसनल कलेजका सञ्चालक सुकदेव सिग्देल, पिरामिड इन्टरनेसनल कलेजका निदेर् शक सन्देश ढकाल, निस्ट कलेजका प्राचार्य माधव बराल र सिद्धार्थ भीएस उच्च माविका प्राचार्य भानुहरि भण्डारीले आ–आफ्ना कलेजका बारेमा बताएका थिए ।

0 comments:

Post a Comment

 
Top