Menu


.

 साउन १० काठमाण्डौ ।  राष्ट्रिय एकता अभियान यूवा संघले ठूला दलहरुकै कारण नेपालमा फेरि राजसंस्था फर्कने दावी गरेको छ । संघले आज रिपोर्टस्र क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो दावी गरेको हो । पत्रकार सम्मेलनमासंघका अध्यक्ष शोभाकर थापाले ठूला दलहरुको कारण ६०१ सभासद्हरुले एउटा माखो मार्न नसकेकोले पनि राजसंस्था फर्कने सम्भावना बढेको दावी गर्नुभयो । उहाँले ठूला दलहरु सत्ता र भ्रष्टाचारमा लिप्त भएका कारण शान्ति र संविधान नबन्ने ठोकुवा गरे । 


अध्यक्ष थापालॆ मुलुकमा पाँच शक्ति मध्ये राजसंस्था एक शक्ति भएकाले नयाँ बन्ने संविधानमा राजसंस्थालाई समेट्नु पर्ने माग गरे । उनले भने-ठूला दलहरु स्वयं आत्मनिर्भर छैनन् परजीवी भएर विदेशीको इसारामा नाच्ने दलालहरुले जनताको संविधान र मुलुकमा दिगो शान्ति दिन सक्दैनन ।  लिग नेपाल एकता पार्टीका अध्यक्ष घनेन्द्र बस्नेतले राष्ट्रिय स्वाभिमानसहितको नयाँ संविधान समयमै नआए मुलुक ठूलो दुर्घटनामा फस्ने दावी गरे । उनले भने- १२ बँुदे सम्झौतामा राजसंस्था हटाउने नभनिएको थिएन अहिले पनि राजसंस्था हटेको छैन । राष्ट्रिय एकता अभियान यूवा संघका कोषाध्यक्ष भोजराज श्रेष्ठले ठूला दलहरुको लक्ष्य विहीन कार्यले मुलुकमा संकटकाल निम्तिएको आरोप लगाउनुभयो । 

सम्मेलनमा राष्ट्रवादी पार्टीका उपाध्यक्ष दोर्जे लामा नेपाल समता पार्टीका प्रवक्ता विक्रम कुँवरले पनि शान्ति र संविधानको लागि देशभरका यूवाहरु एकजुट हुन आव्हान गरे । पत्रकार सम्मेलनमा संघले संक्रमणकालको घाउको पीडा भोगिरहेका नेपाली जनताको रक्षा मातृभूमिको अस्तित्व सुरक्षा र राष्ट्रिय पहिचानका लागि सम्पूर्ण युवा जमात एक हुनका लागि  आव्हान गरिएको थियो ।  उनीहरुले नयाँ बन्ने संविधानमा निषेधको राजनीतिलाई त्यागेर वर्तमान शक्तिहरुलाई एक ठाउँमा ल्याएर जनतालाई शान्तिर संविधान दिनैपर्नेमा जोड दिए ।साउन १४ देखि भादौ १४ सम्म ६०१ सभासद्हरुले दिन रात खटेर भएपनि जनताको संविधान तयार गर्न ध्यान दिनु पर्ने उनीहरुको धारणा रहेको थियो ।

0 comments:

Post a Comment

 
Top