Menu


.

 साउन ११ अछाम। अछामको बयाला गाविसमा सर्पले टोकेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बयाला गाविस वडा नं १ का मिनबहादुर बिष्ट भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेको बेला मंगलबार बिहान सर्पले टोकेका बिष्टको दिउँसो मृत्यु भएको स्थानिय कृष्णबहादुर बिष्टले बताउनुभयो । 

बिष्टलाई सर्पले टोके लगतै झारफुक गरेको र पछि उपचारका लागि बयाला उपस्वास्थ्य चौकीमा लादै गर्दा बाटोमै मृत्यु भएको हो ।  अछाम जिल्लामा यस वर्ष सर्पले टोकेर ३ जनाको मृत्यु भैसकेको छ ।

0 comments:

Post a Comment

 
Top