Menu


.

देवकला कार्की 
 साउन १५  धनकुटा।  धनकुटा बहुमुखी क्याम्पसले आफ्नो ५७ औं बार्षिकोत्सवको अवसरमा शनिवार सम्मान तथा पत्रिकाको विमोचन गरिएको छ । धनकुटा निवासी पूर्व प्रधानन्यायधिस, पूर्व क्याम्पस प्रमुखहरु र सेवा निवृत्त कर्मचारीहरुलाई सम्मान गरिएको हो । 

पूर्व प्रधान न्यायधिस धनकुटा निवासी ओमभक्त श्रेष्ठ, पूर्व क्याम्पस प्रमुखहरु शिवकुमार श्रेष्ठ, नारायण जोशी, भर्खर निवृत्त हुनु भएकी सह–प्रध्यापक लोकमाया जोशीलाई क्याम्पस प्रमुख डा.गोपाल भट्टराई, सहायक क्याम्पस प्रमुख राम अखिलेष प्रसाद शाह लगायतले टोपी तथा दोसल्ला र फुलमाया लगाई
क्याम्पसको तर्फबाट सम्मान गर्नु भएको छ ।
   
यसैगरी धनकुटा वहुमुखी क्याम्पसमा लामो समय काम गरेर भर्खर निवृत्त हुनु भएका कर्मचारीहरु इश्वर वहादुर श्रेष्ठ, रत्नमाया भुजेल, नरदेवी खड्गीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।  यसैगरी स्नातकोत्तर तहका विभिन्न विषयहरुमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुनु हुने मान वहादुर श्रेष्ठ, खिलनाथ तिम्सिना, विन्दु खान र दयाराम दुलाललाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।
       
सो अवसरमा चिन्तनधारा पत्रिकाको विमोचन समेत गरिएको छ । त्रिवि प्राध्यापक संघ धनकुटाद्धारा मुखपत्रको रुपमा प्रकाशित  पत्रिका विमोचन गरिएको हो ।

0 comments:

Post a Comment

 
Top