Menu


.



काठमाडौं १३ साउन ।

 संविधान निर्माणका क्रममा देखिएका विवाद समाधान गर्न गठित संवैधानिक समिति अन्तगर्तको उप-समिति बैठक बिनानिष्कर्ष टुङगीएको छ । 
िसंहदरबारमा आज बिहान बसेको उपसमिति वैठकमा राजनीतिक दलहरुले संविधानका विवादित विषयहरुबारे आ-आफ्ना धारणा र अडान राखेपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । वैठकमा कांग्रेसले राज्यपुनसंरचना आयोग बनाउनु पर्ने पुरानै अडान दोहारापछि सहमति जुटन नसकेको हो ।
वैठकपछि साचारकर्मीसंग कुरागर्दै एकीकृत माओवादी अध्यक्ष तथा उप-समिति संयोजक पुष्पकमल दाहालले शन्ति र संविधान निर्माण संगसंगै लैजानु पर्ने बताउँदै राज्यपुनःसंरचना बारे आगामी आईतवार बस्ने वैठकबाट टुङ्गो लगाउने जानकारी दिनुभयो । उहाँले समाधान भइसकेको बिषयलाई मस्यौदा बनाउने काम भइरहेको भन्दै सहमति जुट्नेमा आफु आशावादी रहेको बताउनुभयो । 
त्यस्तै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण गर्दा राज्यपुनसंरचना आयोग बनाउनु पर्ने अडान कायमै रहेको भन्दै हचुवा र आलोकाँचो राजनीतिको भरमा संविधानको मस्यौदा ल्याउन नहुने बताउनुभयो ।
उहाँले प्रदेशहरु निर्माण गर्दा कसरी गर्ने भन्ने बारे आयोग र विशेषज्ञहरुको सुझाव बिना हुन नसक्ने बताउनुभयो । पौडेलले आयोग बनाउने कामको विरोध गर्नुको कुनै औचित्य नभएको बताउनुभयो । शान्ति प्रकृया टुङ्गोमा नपुगीकन संविधान निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै नेता पौडेलले शान्ति प्रकृया सम्बन्धी पहिला मुद्या टुङ्गो लगाउनु पर्ने जिकिर गर्नूभयो । 
वैठकमा माओवादी अध्यक्ष दाहालले पहिला शान्ति प्रकृया पुरा गर्ने अनि संविधान निर्माणमा देखिएका विवाद समाधान गर्नुपर्ने बताउनुभएको नेता पौडेलको भनाई थियो ।
कांग्रेसले राज्यपुनसर्ंरचना आयोग बनाउनु पर्ने पुरानो अडानलाई दोहर्याएका कारण सहमति हुन नसकेको एकीकृत माओवादीका नेता एवं उप-समिति सदस्य देवप्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।  उहाँले संविधान निर्माण गर्ने समय घर्किदै गएको र  आयोग बनाउने समय नभएकाले कांग्रेसको अडान कुनै अर्थ नहुने बताउनुभयो । 
यद्यपी नेता गुङले समय र सन्दर्भ नभएकोले राज्यपुनस्रंरचना आयोग बनाउन नहुने भन्दै विशेषज्ञहरुको टोली बनाई सल्लाह र सुझाव लिन सकिने बताउनुभयो ।
लामो समयपछि बसेको उपसमितिको बैठकलाई मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उपब्धिमूलक भएको बताउँदै निर्धारित समयभित्र संविधानको एकीकृत मस्यौदा आउन नसक्ने जिकीर गर्नुभयो । अर्को बैठक आगामी आईतवार बस्ने छ ।
संविधानका लागि  दुई सय दस विवादित विषयहरु मध्ये शासकीय स्वरुप निर्वाचन प्रणाली र राज्यको पुनस्रंरचना लगायत २७ वटा विषयमा दलहरु बीच अझै कुरा मिल्न सकेको छैन् । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

0 comments:

Post a Comment

 
Top