Menu


.

 साउन १२ कंचनपुर।सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको बजेट र उपकुलपति नियुक्तिको विषयलाई लिएर भएको आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएको छ । नेपाल सरकारका सचिव तथा क्षेत्रिय प्रशासक जयमुकुन्द खनाल र राजनीतिक दलबीच आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित विज्ञप्तीमा भनिएको छ । 

राज्यका तर्फबाट आम नागरिकले पाउने सेवा र सुविधा कुण्ठित हुने कार्य नगरिदिन र वार्ताबाट समस्या समाधान गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । शान्तिपूर्ण आन्दोलन गर्ने सहमति गरेका दलका नेताले पक्राउ तीन राजनीतिक दल र क्षेत्रिय प्रशासक, क्षेत्रिय सशस्त्र र जनपद प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागितामा भएको बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरिएको हो । एकसातादेखि आन्दोलनमा ढुङ्गामुढा हुन थालेपछि प्रशासनले मर्यादित बनाउन माग गरेको हो । 

४८ जना प्रहरी र प्रर्दशनकारी घाईते भएपछि आन्दोलनलाई मर्यादित वनाउने विषयमा क्षेत्रिय प्रशासकसहित राजनीतिक दलहरु बैठक बसेका थिए । आन्दोलनमा पक्राउ परेका २९ जनालाई प्रहरीले बैठक पछि रिहा गरेको छ ।

0 comments:

Post a Comment

 
Top