Menu


.

 साउन १५ काठमाडौँ।   प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेपाली  कांग्रेस ले विरोध जनाएपछि व्यबस्थापिका संसदको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी लगायत पाँचौ पटक पनि स्थगित भएको छ । व्यबस्थापिका संसदको आइतबार बसेको बैठकको सुरुमै नेपाली  कांग्रेस का अफ्ताब आलमले संविधानसभाको म्याद थपका क्रममा भएको सहमति अनुसार प्रधामनन्त्रीले तत्काल राजीनमा गर्नुपर्नेमा प्रधामनन्त्रीले पाँचबुदेलाई लत्याएको आरोप लगाउनुभयो । 

संसदमा आफैंले गरेको प्रतिबद्धता विपरित राजीनामा नगरेर प्रधानमन्त्रीले सिंगो राष्ट्रलाई ढाँट्ने, संसदको अपमान र जनतालाई झुक्काउने काम गरेको उहाँले जीकिर गर्नुभयो । सरकारलाई कसरी टिकाउने भन्नेमै प्रधानमन्त्रीको ध्यानका कारण शान्ति प्रक्रिया एक इन्च पनि अघि बढ्न नसकेको आलमको भनाइ थियो ।  कांग्रेसकै लक्ष्मण घिमिरेले संसदको अबरोध लम्बाउनमा स्वंय प्रधानमन्त्री जिम्मेवार रहेकोले संसदको नियमित क्रियाकलाप अगाडि नबढाउन आग्रह गर्नुभयो ।

 त्यसपछि सभामुखले संसदको बैठक आगामी १७ गते मंगलवार दिउँसो तीन बजे सम्मका लागि स्थगित गर्नुभयो ।

0 comments:

Post a Comment

 
Top