Menu


.

 साउन १२ पाल्पा। नेकपका एमालेका पोलिटव्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा माओवादीको कारण शान्ति र संविधान धरापमा परेको आरोप लगाउनु भएको छ । शान्ति प्रक्रियामा आउदासमेत हतियारको मोह त्याग्न नसक्नुले माओवादी शान्ति र संविधानको विरोधी भएको प्रष्ट हुने उल्लेख गर्नुभयो । 

पाल्पाबाट प्रकाशित न्यूज पाल्पा साप्ताहिक पत्रिकाको पहिलो वार्षिक उत्सवको अवसरमा आज तानसेनमा भएको एक कार्यक्रममा नेपालले गणतन्त्र संस्थागत गर्न नेताहरुको सोचमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । नेताहरुको अहिलेकै सोच यथावत रहे ५ वर्ष संविधानसभाको म्याद थप गरेपनि यो मुलुकले नयाँ संविधान नपाउने उहाँको भनाइ छ ।

0 comments:

Post a Comment

 
Top