Menu


.

 साउन १३ झापा। झापाको अर्जुनधारा–५ का ५६ वर्षीय गोपी शेर्माको डुबेर मृत्यु भएको छ । स्थानीय डाङ्टीङ खोलामा डुबेका मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुका खोला तर्ने क्रममा डुबेका शेर्मालाई उपचारका लागि कन्काई अस्पताल लगिएको थियो । उपचारका क्रममा नै उहाँको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

यसैबीच झापाबासीलाई भारतीय जंगली हात्तीले दुःख दिन अझै छाडेको छैन । दुई दिनअघि दुई बृद्धलाई किचेर मार्ने जंगली हात्ती झापाका जंगलमा अझै घुमिरहेको प्रहरीले बताएको छ । सतासीधाम–९ मा राति आएको हात्तीले एउटा घर भत्काएर चामल खाएको छ  ।

0 comments:

Post a Comment

 
Top