Menu


.

 साउन १५ बर्दिया।  बर्दियाको प्रमुख पर्यटकिय क्षेत्र ठाकुरद्वारामा एक वर्षमा करिब १६ हजार पर्यटक आएका छन् । गत आर्थिक वर्षमा करिब ४ हजार बाह्य तथा करिब १२ हजार आन्तरिक पर्यटकले ठाकुरद्वारा भ्रमण गरेका छन् । 

गत वर्षमा पनि यति नै पर्यटकले ठाकुरद्वाराको भ्रमण गरेको थिए ।बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका बन्यजन्तु हेर्न तथा बैठक, तालिम, सेमिनारका आन्तरीक तथा वाह्य पर्यटक आउने गरेको उनीहरुको भनाई छ । ठाकुरद्वारामा पर्यटकहरुलाई लक्षित गरेर १८ वटा होटल खोलिएका छन् । ठाकुरद्वारामा बाह्य पर्यटक सन् १९९९ मा सबैभन्दा धेरै आएका थिए । सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार भएपछि त्यसको प्रभाव सन् १९९९ मा देखिएको पर्यटन व्याबसायीहरुको अनुमान छ । 

चिसापानी क्षेत्र पर्यटन प्रवर्धन तथा विकास समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले आवश्यक पुर्वाधारको अभावमा ठाकुरद्वारामा पर्यटकको संख्या बढ्न नसकेको बताउनुभयो ।

0 comments:

Post a Comment

 
Top