Menu


.

 असार २७ काठमाडौँ ।  एकीकृत नेकपा माओवादी स्थायी कमिटि सदस्य देब गुरुङले विदेशी लगानीलाई नियन्त्रण गर्ने गरी सरकारले बजेट र नीति ल्याउनु पर्ने बताउनु भएको छ । उहाँले सिमा नतोकि विदेशी लगानी ल्याउँदा राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय लगानी जोखिममा पर्ने बताउनु भयो ।

सोमवार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्वदेशी लगानीको संरक्षण र राष्ट्रिय पुजि निर्माणकोलागीे क्षेत्र तोकेर ती क्षेत्रहरुमा मात्र विदेशी लगानी प्रोत्साहन गर्ने गरी सीमा तोक्ने नीति ल्याउनु पर्ने धारणा व्यक्त गर्नु भयो । खुला आर्थिक नीतिको नाममा निरपेक्षता समानता  नहुने भन्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ भएको अवस्थामा मात्रै समानताको नीति लागु हुन सक्ने सदस्य गुरुगंको दावी छ । 


स्थायी कमिटी सदस्य,एकिकृत नेकपा माओवादि सदस्य गुरुगंले नेपालको अर्थतन्त्रको सुधारकोलागी खुला वा बन्द अर्थनीतिको विषयमा बहस गरेर समय खेर फाल्नु भन्दा पनि  आवश्यकता अनुसारको नीति अबलम्बन गर्नुपर्ने बताउनु भयो ।उहाँले गरिब लक्षित, आय, रोजगारी,  उत्पादन बृद्धि र निर्यात बढाउने ल्याउनु पर्ने बताउनु भयो ।बजेटको  आकार ठूलो बनाएर मात्रै अर्थतन्त्रको समस्या समाधान हुन नसक्ने भन्दै उनले खर्च मितब्ययी, प्रतिफल प्राप्त हुने गरी पुँजीगत खर्च र स्वदेशी लगानीलाई संरक्षण गर्ने खालको बजेट ल्याउनु पर्ने तर्क थियो ।

अन्तरक्रियामा नेपाली काग्रेसका नेता डा प्रकासशरण महतले सरकारले सहकारीको नाममा कार्यकर्ता पोस्ने र नीजि क्षेत्रलाई हतोत्साहित योजना अन्र्तगत तीन खम्बे अर्थनीति ल्याएको दावी गर्नु भएको छ ।उहाँले सरकारले अर्थतन्त्रको उपचार भन्दा पनि सस्तो लोकप्रियता प्राप्त गर्ने उद्देश्यका साथ बजेट ल्याएको आरोप लगाउनु भयो । सरकार सेवा पुर्याउने, निर्माणको आधार बनाउने, मुद्रा स्फिती रोकने, मुल्यबृद्धि रोकने विषयमा उदासिन देखिएको भन्दै अर्थतन्त्रको भविष्य राम्रो नभएको पूर्व संकेत मिलेको नेता महतको भनाई छ।

नेता महतले सरकारले ल्याएको निति तथा कार्यक्रममा जस्तै सरकारमा रहेका दलहरुबिच बजेटको पनि लुछाचुँडी गर्ने गरेको बताउँदै सरकारले जिम्मेवारी पुर्वक बजेट ल्याउने मानसिकता बनाउन आग्रह समेत गर्नु भयो अर्थविद्धहरुले गैर बजेटरी जम्मालाई राजस्वमा ल्याउने कार्य जनतालाई ढाँट्ने र मुलुकको आर्थिक तथ्याङलाई तहस नहस बनाउने षडयन्त्र भएको दावी गरे ।


0 comments:

Post a Comment

 
Top