Menu


.

राजेन्द्र न्यौपाने
 असार २५  गोरखा। एकीकृत ने.क.पा.(माओवादी)का उपाध्यक्ष एवं नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले कृषि क्षे त्रको विकास अनिवार्य भएको बताउनुभएको छ ।

गोरखा जिल्लामा शनिबार नेपाल पत्रकार महासंघ गोरखाको आयोजनामा गरिएको समृद्ध गोरखाको विकासको लागि आर्थिक – सामाजिक विकास रुपान्तरण वृहत अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै उहाँले कृषि क्षेत्रको विकास विना कृषि प्रधान देशको सम्भव नहुने बताउनुभयो ।

गोरखा जिल्ला शिक्षाको क्षेत्रमा राम्रो वातावरण भएको क्षेत्र भएको बताउँदै शैक्षिक जनशक्तिलाई कृषि क्षेत्रको विकासका लागि प्र योग गर्नुपर्ने बताउनुभयो । कच्चि सडक खन्नु मात्र विकास होइन भन्दै उहाँले घर मा सडक लाने भन्दा पनि बैज्ञानिक किसिमकले सडक खनेर त्यस क्षेत्रमा बस्ती बसाल्नुपर्ने बताउनुभयो । कच्चि सडकले पर्यावरणको नास गर्ने र गरिवीलाई झन गरिव बनाउने उहाँले बताउनुभयो ।

गोरखा जिल्लाको विकासको खाका कोर्नको लागि यस अघिको छलफल २०४८ सालमा डा. भट्टराई कै प्रमुख आतिथ्यतामा भएको थियो । विस वर्ष पछि भएको दोश्रो छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. लक्ष्मी देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

माओवादी पार्टी भित्र अन्तरसंघर्ष भएको बताउँदै त्यो एक दुई दिन भित्र हल हुने उहाँले बताउनुभयो । अरु पार्टी जस्तो माओवादी सामान्य पार्टी नभै छुट्टै धातुले बनेको पार्टी भएको बताउँदै माओवादी पार्टी कहिल्यै नफुट्ने दावी समेत नेता भट्टराईले गर्नुभयो ।

हजारौं सहितको रगतले माओवादी पार्टीलाई फुट्न दिदैंन भन्दै उहाँले सबैपार्टी भित्र अन्तरसंघर्ष भएपनि शान्ति र संविधानको प्रक्रियालाई माओवादीपार्टी भित्र भएको अन्तरसंघर्षले असर गरेको बताउनुभयो ।

माओवादी भित्रको समस्या हलहुने र देश शान्ति प्रक्रियाको बाटोमा अगाडि बढ्ने बताउँदै उहाँले जनताले दिएको म्यान्डेड पूरा गर्ने बताउनुभयो ।

भदौं १४ मा संविधानको मस्यौदा पनि आउन नसकेको देशको स्थित के हुन्छ भन्न नसकिने बताउँदै उहाँले सबैदलहरु गम्भीर हुनुपर्ने औंल्याउनुभयो ।

विसको उन्नाइस भए मात्रै नत्र स्थानीय स्तरमा राजनैतिक जनशक्ति नहुँदा जिल्लामा रहेका दलका संयन्त्र सदस्यहरुले विकास निर्माणको बजेट मिलिजुली खाएको भन्दै उहाँले यसरी देशको विकास हुन नसक्ने ठोकुवा गर्नुभयो ।

गोरखा जिल्ला कृषि, पर्यटन, शिक्षा, विद्युत लगातयका क्षेत्रमा प्रशस्त सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले उत्तरी क्षेत्रलाई भविष्यमा छुट्टै जिल्लाको रुपमा विकास गरिने बताउनुभयो ।

कार्यपत्र माथि रामपुर कृषि क्याम्पसका प्रमुख डा. आइपी ढकाल बरिष्ठ इन्जिनियर इश्वर प्रसाद श्रेष्ठ, अर्का इन्जिनियर एवं एक्मी इन्जिनियरीङ कलेज काठमाण्डौका सञ्चालक बसन्त मरहट्टा, गोरखा क्याम्पसका प्रमुख एवं नेपालका शिक्षाविद् डा.लेखनाथ शर्मा, अमेरिकामा अध्ययनरत अनुसन्धानका विद्यार्थी उत्तमबाबु श्रेष्ठ लगायतले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा गोरखा जिल्लामा जन्मेका र विभिन्न क्षेत्रमा रहेर काम गर्ने दिग्गज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव सुकदेव दवाडी, ने.क.पा. एमालेका जिल्ला अध्यक्ष रामशरण बस्नेत, सभासद ज्ञानेन्द्र कुमाल लगायतले मन्तव्य राख्दै कार्यपत्रको कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

हिमाली चलचित्र मन्दिरको सभाहलमा भएको कार्यक्रमा दुईहजार भन्दा बढी मानिसहरुको सहभागितारहेको थियो । 

कार्यक्रमको रेडियो मनासलु तथा रेडियो गोरखाले पाँच घण्टा सम्म प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष सुसिलबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

0 comments:

Post a Comment

 
Top