Menu


.

साउन १२ काठमाडौ। १६ बुँदे माग अगाडि सार्दै नेपाल विद्यार्थी संघले सीटीईभीटीमा आन्दोलनको घोषणा गरेको छ । संघले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरेर भोली अर्थात साउन १३ गतेबाट अनिश्चितकालिन तालाबन्दी सहितको आन्दोलनको घोषणा गरेको हो । 

आन्दोलनका कार्यक्रम अनुसार साउन १३ र १४ गते प्रत्येक परिक्षा केन्द्रमा मागपत्र सहितका पर्चा बाडने र विद्यार्थीहरुलाई आन्दोलन बारेमा जानकारी दिने, साउन १५ गते सीटीईभीटीमा अनिश्चितकालिन तालाबन्दी गरी कोण सभा गर्ने, १६ गते प्रत्येक संस्थाको प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गर्ने र आफूहरुको मागलाई अझै ब्यवस्था गरिए थप आन्दोलनको घोषणा गर्ने लगायतका रहेका छन् ।

संघले प्राविधिक शिक्षा वोर्ड र ब्यवसायीक तालिम परिषदलाई अलग अलग सन्चालन गर्नु पर्ने, प्रत्येक अन्चलमा सीटीईभीटीको आंगिक क्याम्पस सन्चालन गर्नु पर्ने, अन्धाधुन्द अनियन्त्रित रुपमा कलेज सम्बन्धन दिने क्रम रोक्नु पर्ने र शुल्क निर्धारणमा विद्यार्थी सहितको संलग्नतामा शुल्क निर्धारण समिति गठन गर्नु पर्ने माग राखेको छ ।

0 comments:

Post a Comment

 
Top