Menu


.

 साउन १५ धरान । पूर्वी पहाडी जिल्लाहरुमा परेको अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्नेक्रम आज पनि जारी छ । आइतबार बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाब एक लाख ९६ हजार ३ सय ३० क्युसेक प्रतिसेकेण्ड रहेको छ । 

 पूर्वी पहाडी जिल्लाहरुमा पानी पर्नेक्रम नरोकिएकोले सप्तकोशीमा पानीको बहाब अझ बढ्न सक्ने अनुमान गरिएको छ । सप्तकोशीमा पानीको बहाब उच्च भएपछि व्यारेजका ५६ मध्ये २५ वटा ढोका खोलिएका छन् भने खतराको संकेत सूचक रातो बत्ती बालिएको छ । कोसीमा पानीको बहाव गत साउन ३ गते राति यो वर्षकै उच्च २ लाख १५ हजार ७ सय क्युसेक प्रतिसेकेण्ड पुगेको थियो ।

0 comments:

Post a Comment

 
Top